चीन सरकारले तयार गरेको १५ औं पञ्चवर्षीय योजना (२०२६–२०३०)  १४ औं राष्ट्रिय जनकंग्रेसबाट अनुमोदन भएको छ । देशको आर्थिक तथा सामाजिक विकास गर्ने लक्ष्यले सरकारले यस योजना अघि बढाइएको थियो ।

बिहीबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा वार्षिक बैठकको अन्तिम सत्रमा राष्ट्रपति सी जिनपिङसहित पार्टीका वरिष्ठ नेता तथा राज्यका शीर्ष नेताहरु सहभागी थिए । जनकंग्रेस चीनको सर्वोच्च राष्ट्रिय विधायकी संस्था हो । 

जनकंग्रेसमा पर्यावरण तथा वातावरण कोड, जातीय एकता, राष्ट्रिय विकास योजना कानुनलगायत अबलम्बन गर्नेबारे मतदान भएको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

जनकंग्रेसले नयाँ बजेट पनि अनुमोदन गरेको छ । राष्ट्रिय जनकंग्रेसको कार्यसमितिका अध्यक्ष झाओ लेजीले बैठकमा समापन मन्तव्य दिएका थिए ।