
आगामी कात्तिक २६ गते तत्कालिन नेकपा एमालेबाट अलग भइ नयाँ कम्युनिस्ट समूह निमार्ण गरेका भीम रावल नव गठित नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् ।
रावल नेतृत्वकाे मातृभूमि जागरण अभियानकाे समूहनै कात्तिक २६ गते दिउँसाे राष्ट्रियसभागृहमा एक विशेष कार्यक्रम गरी समाहित हुने भएकाे हाे ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव कुमार नेपाल र भीम रावललगायतको छलफलमाबाट रावल समूह नेपाली कम्युनिस्ट पार्टीसँग समाहित भएर एकतामा आउन हुन तयार भएकाे स्राेतकाे भनाइ छ ।
मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका नेता रावल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकारले अलग भएका थिए । अलग भएपछि रावलले राष्ट्रको स्वाभिमान, राष्ट्रिय हित र सार्वभौमिकता सम्बन्धी राष्ट्रवादी अभियानमा चलाइरहेका थिए । रावलकाे नारा थियाे-“राष्ट्रको स्वाभिमानमा सम्झौता हुँदैन ।”
उनको बुझाइमा राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता नेपालको मूल धरोहर हो । भारतसँगको सीमासम्बन्धी विवाद (लिपुलेक, कालापानी, लिम्पियाधुरा) मा कडा राष्ट्रिय आवाज उठाउने एक नेतामा पर्दछन् ।
तत्कालिन नेकपा विघटन भएपछि एमाले भित्र केपी ओलीको एकल नेतृत्व र असहमतिप्रति असम्झदारी राख्ने, वैचारिक विचलन र समाजवादी दिशाको कमजोर एकाे टिप्पणी गर्ने, एमालेमा पार्टीभित्रको आन्तरिक लोकतन्त्रको अभाव देख्ने, नयाँ राजनीतिक विकल्प खोज्ने रावलकाे चिनारी थियाे । त्यही कारणले नै एमालेले अलग भएर छुट्टै समूह निर्माण गरि मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका थिए ।




