अमेरिकाले अध्यागमन नियम उल्लंघन गरेका ३७ नेपालीलाई डिपोर्ट गरी आइतबार राति चार्टर्ड विमानमार्फत काठमाडौं फर्काएको छ। उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बोरा बोकेर वा रित्तो हात बाहिरिएका थिए।

अमेरिकामा भिसा अवधि नाघ्ने, अवैध बसोबास गर्ने र आपराधिक संलग्नता भएका नेपालीहरूको डिपोर्ट संख्या हाल तीव्र रूपमा बढिरहेको छ। ट्रम्प प्रशासनको कडा आप्रवासी नीतिपछि सन् २०२५ मा मात्र १४० नेपाली डिपोर्ट भइसकेका छन्।

डिपोर्ट हुनेहरू प्रायः दलालमार्फत ठूलो रकम तिरेर अमेरिका पुगेका हुने स्रोतले जनाएको छ। डिपोर्ट भएकाहरूलाई सामान्य सोधपुछपछि घर पठाइने र दलालविरुद्ध उजुरी परेमा मात्र अनुसन्धान अघि बढाइने प्रचलन छ।