एसिसी प्रिमिएर कप अन्तर्गत नेपाल र कुवेत बिचको सेमिफाइनल खेल बर्षाले रोकिएको खेल पुन: सुचारु भएको छ। बर्षाले अवरुद्द खेल ४२ ओभरमा छोट्टाइएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले बर्षा अघी २३ ओभरको समाप्तीमा ३ विकेट गुमाएर १४१ रन बनाएको छ। नेपालका लागि ओपनिङद्वय कुशल भुर्तेल र आसिफ शेखले ७७ रनको साझेदारी थिए।
बर्षाले खेल रोकिनु अघी नेपालका लागि कुशल मल्ल र रोहित पौडेलले ब्याटिङ गरिरहेका थिए। कुशल मल्ल ३२ रन बनाएर खेलिरहेका छन भने रोहित पौडेल ३० रनमा खेलिरहेका छन।
नेपालका लागि कुशल भुर्तेलले ३९ बलमा १ छक्का र चौकाको मद्द्तले ४३ रन बनाएर आउट भएका थिए। यस्तै आसिफ शेखले ३१ र भिम सार्की १ रनको ब्यक्तिगत स्कोरमा आउट भएका थिए।