एसिसी प्रिमिएर कप अन्तर्गत नेपाल र कुवेत बिचको सेमिफाइनल खेलमा नेपालले कुवेतलाई २८१ रनको लक्ष्य दिएको छ।बर्षाले ४२ ओभरमा छोट्टाइएको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो। नेपालका लागि रोहित पौडेलले ९५ बलमा ९४ रन, कुशल मल्लले ४४ बलमा चार छक्का र चार चौकाको मद्दतले ५७ रन बनाएका थिए। त्यसैगरी कुशल भुर्तेलले ३९ बलमा १ छक्का र चौकाको मद्द्तले ४३ रन बनाएर आउट भएका थिए। यस्तै आसिफ शेखले ३१ र भिम सार्की १ रनको ब्यक्तिगत स्कोरमा आउट भएका थिए।नेपालका लागि ओपनिङद्वय कुशल भुर्तेल र आसिफ शेखले ७७ रन र कुशल मल्ल र रोहित पौडेलले चौथो विकेटका लागि १०९ रनको साझेदारी गरेका थिए।