सरकारले धान, मकै, गहुँ, तरकारी र फलफूलको आयात ३० प्रतिशतले कम गर्ने योजना ल्याएको छ । 

आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दै नगदे बाली खेतीलाई प्रोत्साहन गरिने बताए ।

 आगामी ५ वर्षभित्र व्यापार सन्तुलन गर्ने, भूमिहिनलाई ३ वर्षभित्र भूमि उपलब्ध गराउने सरकारको योजना छ । 

सरकारले आगामी आर्थिक वर्ष २०७९,०८० मा मर्यादित रोजगारी वार्षिक ३० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ।

आइतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा गरेका हुन्। सरकारले श्रम शक्ति पुँजी र परिचालनबाट रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।