आज (चैत २३) देखि सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म खुल्ने भएका छन्। 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आजदेखि शैक्षिक संस्थाबाहेक सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म खुला रहने भएका हुन्। 

यस्तै आजदेखि सार्वजनिक बदिा सातामा दुई दिन शनिबार र आइतबार बिदा पनि हुने भएको छ।

यद्यपि शैक्षिक संस्थामा भने यो नियम वैशाख १५ देखि लागु हुने सरकारले जनाएको छ। 

तर जाडो याम कात्तिक १६ देखि माघ १५ सम्म भने कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम रहने गृह मन्त्रालयद्वारा राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ।