
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भाँडिएपछि उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई अध्यक्ष नियुक्त गरेको छ ।
निर्वाचन आयोगमा अध्यक्ष अनुप उपाध्यायको नाममा पार्टी दर्ता भएको थियो ।
रास्वपाको उपसभापति बनेर आगामी चुनावमा जाने तयारीमा थिए घिसिङ । तर रास्वपासँग सहमति भाँडिएपछि उनलाई उनेपाले अध्यक्ष बनाएको हो ।
घिसिङले पुस १४ मा भएको सहमतिविपरीत माग राखेपछि एकता टरेको रास्वपाको भनाइ छ ।
ठोस सहमति गर्ने भन्दै घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच शुक्रबार र शनिबार छलफल भएको थियो ।उनेपाले आजै केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । साँझ ६ बजे केन्द्रीय कार्यालयमा हुने प्रेसमिटमा घिसिङले अध्यक्षका हैसियतमा आफ्ना कुरा राख्ने उनेपा केन्द्रीय सदस्य किरण विकले बताए ।




