

स्ववियु निर्वाचन २०८१ मा अखिल ( क्रान्तिकारी ) ले १० आङ्गिक क्याम्पसमा विजयी हासिल गरेको छ । आङ्गिक क्याम्पसहरु स्नातकोत्तर क्याम्पस विराटनगर,नर्सिङ क्याम्पस विराटनगर, भोजपुर बहुमुखी क्याम्पस भोजपुर, सानोठिमी क्याम्पस भक्तपुर, जनप्रशासन क्याम्पस बल्खु, काठमाडौँ, गोरखा क्याम्पस गोरखा, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा , महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस मोरङ , केन्द्रीय प्रविधि क्याम्पस धरान , इन्जिनियरिङ क्याम्पस चितवन मा जितेको हो।
यसै बिच त्रिभूवन विश्वविद्यालयभन्दा पहिले नै स्थापना भएको पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी विजयी भएको छ ।
३० वर्षदेखिको नेपाल विद्यार्थी संघ (नेविसंघ)को किल्ला भत्काउँदै सभापतिमा अखिल क्रान्तिकारीका मिलन घर्तीमगर विजयी भएका हुन् ।
मिलनले कुल खसेको १२२८ मतमा ३९० मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघ (नेविसंघ)का कृष्ण अर्यालले ३४२ मत प्राप्त गरेको निर्वाचन अधिकृत जीवनबहादुर थापाले जानकारी दिए ।
सचिव पदमा भने नेपाल विद्यार्थी संघका सुशील बस्याल ५१७ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका विपिन पंगेनीले ३३२ मत पाए ।
कोषाध्यक्षमा पनि नेविसंघकै मिस्मा राना ४१६ मतका साथ विजयी हुँदा निकटतम प्रतिस्पर्धी गंगादेवी बाह्रघरेले ३४५ मत पाइन् ।
सदस्यहरुमा नेविसंघकी आशिका विश्वकर्माले ३९०, ज्योति दर्लामीले ४२६, तोरण रास्कोटीले ३८७, नवीन थापा ३९८, बबिता थापाले ४०५, सुजल भटराईले ४५२ र अखिल क्रान्तिकारीकी इच्छा थापाले ३६० मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत थापाले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालय स्थापना हुनुभन्दा पहिले खुलेको यो क्याम्पस पश्चिम नेपालीको पुरानो क्याम्पसका रूपमा चिनिन्छ । यो क्याम्पसमा ३० वर्षसम्म नेपाल विद्यार्थी संघले नेतृत्व गर्दै आएको थियो । यो क्याम्पसमा पहिलोपटक नेविसंघको किल्ला तोडिएको हो ।
सहिद बहुमुखी क्याम्पस रामपुर पाल्पा मा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) को संयुक्त प्यानल बिजय भएको छ । स्ववियु अध्यक्षमा अनेरास्ववियु का राजन गौतम र सचीवमा अखिल( क्रान्तिकारी) का बिमल क्षत्री लगाएत निर्वाचित भएका छन् ।