

त्रिभुवन बिश्वबिद्धालय अन्तरगतका देशभरका धेरै जसो क्याम्पसमा आगामी चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन को चुनावले माहोल तातिरहेको छ।
चुनावी दौडमा मुख्य प्रतिस्पर्धा मा रहेका बिद्यार्थी संघ संगठन हरुले कतिपय ठाउँमा एकल तथा कतिपय ठाउँमा संयुक्त प्यानल बनाएर चुनाबि दौडमा कुदिरहेका छन् ।
खास गरि विद्यार्थी हरुको हक अधिकारको लागि पन्चायती ब्यबस्था को समयमा तात्कालिन शाषक हरु संग ठूलो लडाइ गरि स्थापित भएको स्ववियु को निरन्तरता स्वरुप यो चुनाब हुदैछ।
यसै बिच पश्चिम नेपालको सबैभन्दा पुरानो क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पामा पनि चुनाब को रौनक देखिएको छ।अखिल ( क्रान्तिकारी) , अनेरास्ववियु , अनेरास्ववियु स्वतन्त्र को नाममा छुट्टाछुट्टै प्यानल छ भने नेबि संघ र अखिल छैटौं को संयुक्त प्यानल चुनावी अभियानमा लागेका छन् । अघिल्लो पटक सबैको सहमति मा निर्बिरोध गराइएको स्ववियु मा यसपटक चुनाब हुने निश्चित देखिन्छ।
लामो समय देखि नेबि संघले नेतृत्व गरेको स्ववियुमा यसपटक भने कडा प्रतिस्पर्धा देखिन्छ । यसपटक साङ्गठनिक गतिविधि र विद्यार्थी को पक्षमा निरन्तर काम गरेको हिसाबले विद्यार्थीको पहिलो रोजाइ अखिल (क्रान्तिकारी ) को देखिन्छ। अखिल (क्रान्तिकारी) को तर्फबाट अध्यक्षको उम्मेद्बार बनेका मिलन घर्ती मगर स्थापित नेता मानिन्छन् । अन्य उम्मेद्बार पनि बिद्यार्थी को बिचमा परिचित नै छन् । नेकपा माओवादी केन्द्र ले सुशासन र समृद्धि को पक्षमा निरन्तर अभियान संचालन गरेको कारण त्यसको प्रभाव सकारात्मक रुपमा शैक्षिक जगतमा पनि परेको देखिन्छ। विभिन्न बिश्लेषकहरु ले यसपटक पाल्पा क्याम्पसमा क्रान्तिकारी को पक्षमा जनमत रहेको बताएका छन् ।
पाल्पाको पार्टी राजनीतिमा पहिलो दल एमाले भएपनी उसको भातृ संगठन अनेरास्ववियु भने अत्यन्तै दयनीय अवस्थामा देखिन्छ। निर्वाचनमा आफ्ना उम्मेद्बार नै पुर्याउन मुस्किल भएपछि क्रान्तिकारी र नेबि संघ को कमिटीमा बसेका विद्यार्थी हरुलाइ विभिन्न प्रलोभनमा पारी बल्लतल्ल उम्मेद्बारी दर्ता गराएका थिए। अनेरास्ववियु बाट अध्यक्ष मा उम्मेद्बारी दिएकि अनुजा अर्याल लाई एकैपटक उम्मेद्बारी दर्ता गरेपछि क्याम्पसमा देखेको विद्यार्थी हरुको भनाइ रहेको छ।
विद्यार्थी संगठन को अवस्था कमजोर देखिएपछि एमालेका साँसद , प्रदेश मन्त्री , पालिकाका अध्यक्ष लगाएत ले क्रान्तिकारी र नेबि संघ बाट उम्मेद्बारी दिएका विद्यार्थी हरुलाइ समेत धम्काउने , पारिवारिक दबाब सृजना गराउने , उम्मेद्बारी फिर्ता लिन लगाउने प्रयत्न गरेको कतिपय विद्यार्थी हरुले बताएका छन् । स्वतन्त्र रुपमा उम्मेद्बार छनौट गर्न पाउने विद्यार्थी को अधिकार माथी धावा बोल्ने अधिकार कसैलाई छैन , यस्तो काम एमालेले नगरे हुन्थ्यो भनेर धेरैले भन्ने गरेका छन् ।
नेबि संघ ले लामो समय सम्म नेतृत्व गरेको भएपनी यसपटक भने पुरानै अध्यक्ष लाई दोहोर्याएकोले कमजोर उपस्थिति देखिन्छ। दुई बर्ष को काम बाट धेरै विद्यार्थी सन्तुष्ट हुन सकेका छैन। अखिल छैटौं को साथ पाए पनि यसपटक उसको स्थिति पनि कमजोर नै देखिन्छ। समाजबादी निकट अनेरास्ववियु को संगठनात्मक अवस्था त्यति राम्रो त छैन। तर अध्यक्षमा उम्मेद्बारी दिएका उमेश भण्डारी बिद्यार्थी को बिचमा परिचीत नै छन् । उनले नेबि संघ र अनेरास्ववियु का असन्तुष्ट विद्यार्थी हरुको मत तान्ने देखिन्छ।
यसरी हेर्दा क्याम्पस मा विद्यार्थी संगठन हरु बिचमा तिब्र प्रतिस्पर्धा हुने देखिन्छ। जसले जिते पनि विद्यार्थी राजनीति र नेतृत्व बिकासमा खडेरी पर्दै गइरहेको बर्तमान अवस्थामा बिभिन्न संगठन हरुले केहि रुपमा भएपनी कार्यकर्ता निर्माण गर्ने उपयुक्त समय यो निर्वाचन हुन सक्छ।