

प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र संघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसलाई आइतबार बेलुकी भेटेका छन् । यूएनको मुख्यालयमा पुगेर दाहालले गुटेरेसलाई भेटेका हुन् ।
त्यस अवसरमा नेपाल र यूएनबीचको सम्बन्ध, यूएनमा नेपालको भूमिकालगायत विषयमा कुराकानी भएको थियो । भेटमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम, जलवायु परिवर्तन, एलडीसी, विकास, आपसी सहकार्य र साझेदारीलगायतका विषयमा समेत छलफल भएको जनाइएको छ ।