
सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन्। सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शनिबार छलफल गरेका हुन्।
सभामुखको कार्यालय सिंहदरबारमा उनीहरूबीचमा शनिबार दिउँसो भेटवार्ता भएको हो। सभामुखको निमन्त्रणामा छलफलका लागि उनीहरू त्यहाँ गएका हुन्।
प्रतिनिधिसभाको कामकारबाही लगायतका विषयमा छलफल गर्न सभामुख घिमिरेको पहलमा तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको छ। साथै उनीहरूबिच समसामयिक राजनीतिका विषयमा कुराकानी भएको पनि बताइएको छ।




