May be an image of food, puffball mushroom and outdoors

पाल्पामा ३ सय भन्दा बढी पुराना तोपका गोलाहरु भेटिएका छन। सदरमुकाम तानसेनमा नेपाली सेना दि फेशम महिन्द्र दल गणले घडेरी खन्ने क्रममा ती तोपका गोलाहरु भेटिएका हुन।

तानसेन नगरपालिका वडा नंं. ४ गोलखानामा रहेको जग्गामा नेपाली सेनाको अतिथी गृह निर्माणको लागी जग खन्दै गर्दा ती तोपका पुराना गोलाहरु भेटिएका हुन। ति तोपका गोलाहरु कोही हातभरीका कोही अलि ठुलो, कोही स-साना रहेका छन।

इण्ट ईण्डिया कम्पनीको अग्रेज सेना संग भिमसेन थापाको समय देखी पाल्पा बाट नेपाली सेनाले  युद्ध लड्दै  आएको थियो । कर्णेल उजिर सिंह थापाको कार्यकालमा नेपाली सेना र अग्रेज सेना विच दुई पटक युद्ध भएको थियो।  

सोही समयका तोप गोला हो अन्य समयका तोप गोला हुन भन्ने विषयमा अझै यकिन हुन सकेको छैन। पाल्पा स्थित नेपाली सेनाले  तोप गोला भेटिएको विषयमा मुख्यालयमा जानकारी गराएको छ। ती तोप गोलाहरु अहिले नेपाली सेनाले निगरानीमा सुरक्षित राखेको छ।