
गाउँघर तथा शहर बजारमा झिलिमिली बढेको छ । हिन्दू नेपालीको महान चाड तिहार भित्रिएसँगै तिहार लक्षित सामग्रीले बजार पसल झिलिमिली छन् । फूलका माला, प्लास्टिकका सजावटका सामग्री, बिजुलीका सामानसहितले बजार झलमल छ । केही पसलमा किनमेलको व्यस्तता बढेको छ भने केही खाली छन् ।






