प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो सम्मानजनक निकासको प्रस्ताव गरेका छन् । सर्वोच्च अदालतका अरु न्यायाधीशको तर्फबाट छलफलका लागि गएका न्यायाधीशसमक्ष उनले सम्मानजनक निकासको प्रस्ताव गरेका हुन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरासँगको छलफलका लागि न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल  र डा. मनोजकुमार शर्मालाई पठाएका थिए ।

‘मनोज श्रीमानले प्रधानन्यायाधीशज्यूबाट सम्मानजनक निकासको अपेक्षाको प्रस्ताव गरेको बताउनुभयो । त्यो हो कि होइन, हो भने के रहेछ भनेर हामीले तीन जना श्रीमानहरुलाई पठाएका हौं’ सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘उहाँहरुसँग प्रधानन्यायाधीशज्यूले कस्तो कुरा गर्नुहुन्छ, त्यसका आधारमा अरु कुरा तय गरौंला ।’

छलफलका क्रममा सोमबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि समेत सुनुवाइ गर्नेबारे छलफल भएको उनले बताए । तर बन्दीप्रत्यक्षीकरण बाहेक थुनुवा जोडिएका र पुराना मुद्दा सुनुवाई गर्ने भनी हल्ला चलेपछि त्यो यथार्थ नभएको उनले बताए ।नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसन, पूर्वन्यायाधीश फोरम, संवैधानिक कानून व्यवसायी मञ्ज जस्ता न्यायिक क्षेत्रका संघसंस्थाहरू एक भएर प्रधानन्यायाधीश जबराको राजीनामा माग गरिरहेका छन् । आइतबार नेपाल बारको नेतृत्वमा कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा धर्ना दिएका छन् । अदालतमा सुनुवाइ ठप्पप्राय भएको छ