काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी दलका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीका अगाडि सबै पार्टीका नेता निरिह बनेको बताउनुभएको छ । मंगलबार ट्वीट गर्दै डा. भट्टराईले सबै पार्टीका नेता सर्पको मुखका भ्यागुता जस्तै भएको भन्दै अन्त्यहीन राजनीतिक गतिरोधमा देश फसेको बताउनुभएको छ ।

‘देश गम्भीर संकटमा फस्दैछ । एकातिर कोरोना महामारी, अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध ! न ओली सरकारले नीति÷कार्यक्रम र बजेट पास गर्न सक्छ, वैकल्पिक सरकार बन्न’ भट्टराईले लेख्नुभएको छ, ‘संविधानका स्तम्भ एकएक गरी ढल्दैछन्स ! सबै पार्टी ÷नेता निरीह ! सर्पको मुखका भ्यागु ! अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ ?’
यस्तै, डा. भट्टराईले कोरोना संकट टार्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।
‘अब केही समय देशको सम्पूर्ण ध्यान सत्ता राजनीतिबाट कोभिड–१९ नियन्त्रणको अर्थ–राजनीतिमा केन्द्रित होऊॅ। तत्काल विभिन्न तहका सरकार र निजी क्षेत्रको संयोजनमा पर्याप्त अक्सिजन उत्पादन रवितरण, बेड-उपकरण, जनशक्ति, खोप आदि व्यवस्थापन युद्धस्तरमा गरौं ! जनताको जीउज्यान रहे राजनीति हुॅदैगर्ला !’ भट्टराईको भनाई छ ।




