नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वान टु वान वार्ता शुरु भएको छ ।

शुक्रबार नेकपा एमालेका दुई समूहका नेताहरु सहभागी बैठकले ओली र नेपाललाई कार्यदल गठनबारे जिम्मेवारी दिएको छ । एमालेभित्र देखिएको विवाद हल गर्न र २०७५ जेठ २ को एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम गरेर अगाडि बढ्ने गरी शुक्रबारको बैठकमा सहमति भएको थियो । उक्त सहमति कार्यान्वयनको प्राविधिक पक्ष मिलाउन कार्यदल गठन गर्ने सहमति भएको थियो ।




