काठमाडौं , माघ १६

 उपराष्ट्रपति नन्दबहादुर पुनले शहीद दिवसको अवसरमा सन्देश दिँदै संविधानको रक्षा गर्नु शहीदहरुको सम्मान गर्नु पनि हो भनेका छन् । तर संविधान कार्यान्वयनको चरणमै प्रश्न उठेकोमा उनले दुःख व्यक्त गरेका छन् । सन्देश दिँदै संविधानको रक्षा र पूर्ण पालन गर्न सबै नेपालीलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

उनले शहीदहरुको बलिदानीबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था जस्ता उपलब्धीहरुलाई संस्थागत गरेको संविधानको रक्षा र पूर्ण पालन गर्नु हामी सबैको दायित्व भएको बताएका छन् ।