
गीत
टाेकरीमा
चट्याङ सहित वर्षा हुन्छ पहिराकाे डर
हिउँ पर्छ आँधी आउँछ स्याउले मेरो घर
निधारबाट खसिरहन्छ पसिनाकाे थाेपा
मनुष्यकाे जिन्दगी रहिछ पानी फाेका ।
तातो फलाम आरनमा ठाेकी सयाैं चाेटी
त्यहीँ फलाम पूजिन्छ मन्दिरमा काेटी
हराइसक्याे मनुष्यमा मानवीय भावना
घरमा श्वानाे पालेर पूरा हुन्न कामना ।
चुनढुङ्गा जस्तैगरी जीवन हाम्रो पिसियाे
न्याय माग्ने जनतालाई बन्दुकले भुटियाे
मजदुरहरूकाे बासपनि बगरमा मिसियाे
सीमानाको रक्षार्थलाई कुट्नुसम्म कुटियाे ।
कारखानामा काम गर्दा उनको एउटा हातै छैन
नयाँ काम गराै भने सरकारकाे साथै छैन
कहिलेसम्म सही बसाैं आँसुको पाेखरीमा
हातमुख बन्द भयाे छैन अन्न टाेकरीमा ।




