ललितपुर जिल्लाको ललितपुर महानगर पालिका १४ नखिपोट कान्तिपुर कोलोनीमा चार जना ब्यक्तिलाई नख्खु खोलाले बगाई बेपत्ता पारेको छ । 

सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाका अनुसार, वेपत्ता हुनेमा एक महिला, दुई पुरुष र एक बच्चा रहेका छन् । नदी किनारमा पानीको वहाव बढ्ने क्रम जारी रहेकाले सतर्कता अपनाउन स्थानीयवासीलाई सशस्त्र प्रहरीले आग्रह गरेको छ । 

सशस्त्र प्रहरीले उद्धारका लागि काठमाडौँ  उपत्यकामा थप १० वटा र्‍याफ्टबोर्ड परिचालन गरेको जानकारी दिएको छ । यसैबीच, काठमाडौँ नागार्जुन नगरपालिका वडा नं. ३ इचङ्गु नारायण मन्दिर नजिक घर भत्किँदा ५५ वर्षका पुरुषको मृत्यु भएको छ भने तीन जना पुरिएको जानकारी प्राप्त भएको छ । उद्धारका लागि सशस्त्र प्रहरी मुख्यलयबाट एम्बुलेन्ससहितको टोली परिचालन गरिएको छ