अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक र्यालाीमा गोली चलाइयो। अहिले उनी सुरक्षित छन् र उनको अनुहार र कानमा रगतको दाग देखिएको छ।

सो हमलामा हमालकर्ता र एक अर्का व्यक्तिको मृत्यु भएको छ। अमेरिकी इतिहासमा हालसम्म अमेरिकी राष्ट्रपतिहरुको हत्याका अनेकौँ षडयन्त्र र कोशिस भएका छन्। सबैभन्दा पहिला सन् १८३५ मा तत्कालिन राष्ट्रपति एन्ड्रयु ज्याक्सनमाथि हत्याको असफल कोशिस भएको थियो। चिसो वातावरणका कारण जब हत्याराको दुबै बन्दुक मिसफायर भयो, तब ज्याक्सनले अपराधीलाई लठ्ठीले पिटेर घाइते बनाएका थिए।

लिंकनको हत्या–पहिलो सफल कोशिस

सन् १८९५ मा अमेरिकी राष्ट्रपतिको हत्याको पहिलो सफल कोशिस भएको थियो, जब अमेरिकी गृह युद्धको अन्त्यपछि जोन विल्क्स बूथले राष्ट्रपति अब्राहम लिंकनको टाउकोमा गोली हानेका थिए। गोली लागेको १२ घण्टाभित्र लिंकनको मृत्यु भएको थियो। अब्राहम लिंकनको हत्याको प्रयास उनको मृत्युको ९ महिनाभन्दा अघि पनि भएको थियो। तर, त्यतिखेर उनलाई निशाना बनाएर चलाइएको गोली उनको हातमा लागेको थियो।

अमेरिकाको जुन दोस्रो राष्ट्रपतिको हत्या गरिएको थियो, उनी जेम्स गारफिल्ड थिए। सन् १८८१ मा एक ट्रेन स्टेशनमा गोली हानिएको थियो, जसको ४ महिनापछि घाउका कारण उनको मृत्यु भएको थियो।

क्यानेडीको हत्या

हत्या गरिएको तेस्रो अमेरिकी राष्ट्रपति हुन्, विलियम म्याककिन्ले। उनलाई उनको दोस्रो कार्यकालको ६ महिनापछि जनतासँग भेटघाटका क्रममा दुई पटक गोली हानिएको थियो। सो प्रयास तुरुन्त घातक थिएन। म्याककिन्ले आफ्नो हमलावरलाई मार्नबाट सर्वसाधारणलाई रोकिरहेका थिए। तर उनलाई लागेको एक गोली कहिले पनि भेटिएन र हमलाको एक हप्तापछि उनको मृत्यु भयो।

हत्या गरिएका चौथा राष्ट्रपति जोन एफ क्यानेडी हुन्। उनलाई पूर्व नौसैनिक हार्भे ओसवाल्डले गोली हानेका थिए। ओसवाल्डले सन. १९६३ मा टेक्सासको डलासमा एक पब्लिक कार र्यालीका क्रममा सँगैको गोदामको छौठौँ तल्लाबाट क्यानेडीलाई गोली मारिएको थियो र क्यानेडीलाई लगभग तुरन्त मृत्यु भएको थियो।

रुजवेल्टमाथिको हमला

सन् १९१२ मा चुनावी अभियानका क्रममा पूर्व अमेरिकी राष्ट्रपति थियोडोर रुजवेल्टलाई भाषण दिनुभन्दा अगाडि छातीमा गोली हानिएको थियो। रुजवेल्टलाई सो चोट घातक नभएको थाहा थियो। त्यसपछि, सामान्य स्वास्थ्य उपचार लिनुभन्दा अघि उनले ८४ मिनेटसम्म भाषण गरेका थिए। त्यस्तै, सन् १९३३ मा एक बन्दुकधारीले राष्ट्रपति चुनिएका फ्रयांकलिन डी रुजवेल्टको कारमा गोली चलाएका थिए। सो हमलामा राष्ट्रपति त बाँचे तर शिकागोका मेयर एन्टोन सेरमकको मृत्यु भएको थियो। सन् १९७ सेप्टेम्बरमा क्यालिफोर्नियामा दुई पटक भएको हमलामा राष्ट्रपति गेराल्ड फोर्डको हत्योको प्रयास गरिएको थियो, तर उनी दुबै हमलामा सुरक्षित रहे।

रोनाल्ड रीगनमाथि हमला

त्यस्तै, सन् १९८१ मा एक बन्दुकधारीले रोनाल्ड रीगनमाथि ६ गोली चलाइएको थियो, जब उनी वाशिंगटनको एक होटल बाहिर भीडसँग भेटघाट गरिरहेका थिए। सो हमलामा राष्ट्रपति र तीन अन्य मानिस घाइते भएका थिए। एक गोली कारको छेउमा ठोकिएर राष्ट्रपति रीगनको फोक्सोमा लाग्यो र निकै रगत बग्यो। राष्ट्रपतिलाई अस्पताल लग्ने क्रममा उनी मृत्युको मुखमा पुगिसकेका थिए, तर डाक्टर उनलाई स्थिर राख्न र गोली निकाल्न सफल रहेका थिए। रीगन दुई हप्ताभन्दा कम समयमा नै ह्वाइट हाउसमा फर्किएका थिए।

(न्यूज१८ डटकमबाट अनुवादित)