ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

लतिलपुरको लेले र नल्लुखका ढुंगाखानीबाट ढुंगा उत्खनन गर्ने क्रममा भ्रष्टाचार भएको भन्दै उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो। उनीहरूमाथि १ अर्ब ४ करोड बिगो मागदाबीसहितको आरोपपत्र दायर भएको छ। 

उक्त अनियमितताको आरोपमा सोमबार ५ वटा मुद्दा पेस भएको छ। उनीहरूविरुद्ध राज्यलाई हानीनोक्सानी गरेर खानीलाई फाइदा पुर्‍याएको आरोप छ।