
प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा डा.रूपक सापकोटा नियुक्त भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सापकोटालाई परराष्ट्र सल्लाहकारमा नियुक्त गरेको हो । सापकोटा प्रचण्डसँगै चीन भ्रमणमा गएका थिए। सापकोटाले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरेका छन्।
रूपक पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाका छोरा हुन्। उनी त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषय पढाउँछन्।साथै उनी त्यहाँको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषय समिति सदस्य पनि हुन्।
उनी यसअघि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक थिए ।




