नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले पार्टी सभापति शेरबहादुर देउवालाई विधानमा चल्न थप दबाब सिर्जना गरेको छ ।

बुधबार सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापाको वार्षिक कार्यतालिका पारित गरेसँगै सभापति देउवालाई विधान सम्वत चल्न थप दबाब बढेको हो । पार्टी सभापतिले विधानलाई वेवास्ता गर्दा केन्द्रीय समिति बैठक झन्डै एक वर्षपछि बसेको थियो । पार्टीको महाधिवेशन सम्पन्न भएको डेढ वर्ष बित्दा पनि विभाग,भातृ तथा सुबेच्छुक संस्थाले पूर्णता पाएको छैन ।

बैठकको निर्णयले संस्थापन र इतर समूहबीच समन्वय गरेर अघि बढ्ने बाटो खुलेको छ ।

निर्णय प्रक्रियामा पदाधिकारीलाई नै सहभागी नगराएपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सभापतिको खरो आलोचना गर्दै आएका छन् ।