साइबर सुरक्षा र डिजिटल सीप सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम तानसेनमा सम्पन्न भएको छ।सूचना प्रबिधि प्रबर्द्धन केन्द्र को आयोजना र नेपाल दुरसंचार प्राधिकरणको सहयोगमा तानसेन नगरपालिका स्थित विभिन्न बिद्यालयका छात्राहरु,शिक्षिकाहरु र महिला जनप्रतिनिधि हरुको लागि संचालित उक्त कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर ले गर्नुभएको थियो भने तानसेन नगरपालिकाका कार्यबाहक नगर प्रमुख प्रतीक्षा गाहा सिंजाली,बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी ,प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो।

संस्थाका अध्यक्ष सुदिप पौडेलले संचालन गर्नुभएको उद्घाटन कार्यक्रमको अध्यक्षता संस्थापक अनिलकिशोर घिमिरे ले गर्नुभएको थियो।दोस्रो सत्रमा साइबर अपराध र यसको नियन्त्रणको लागि सुरक्षा क्षेत्र बाट हुने पहलकदमी बारे प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मा ले ,आमसन्चार बारे पत्रकार माधब अर्याल , लैङिक हिंसा र कानुनी उपचार बारे अधिवक्ता शान्ती बस्याल ,डिजिटल स्किल,साइबर स्क्याम,र अनलाइन साइबर आक्रमण बारे आइटी बिज्ञ सुदिप पौडेल ,बर्तमान साइवर अपराध नियन्त्रण सम्बन्धि कानुनी ब्यबस्था बारे सन्तोषी बस्याल ले सहजीकरण गर्नुभएको थियो।ग्रुप छलफल , लक्की ड्र मार्फत डिजिटल सामाग्री पुरस्कार बितरण समेत कार्यक्रममा गरिएको थियो।

यो कार्यक्रम ले सुचना प्रबिधिको बिकास सङै मौलाइरहेका बिकृतिहरुबाट सतर्कता अपनाउने र अनलाइन प्रबिधिलाई सहि सदुपयोग गर्नको लागि बिशेश सन्देश प्रवाह गरेको छ ।