टर्की भूकम्प

गएको सोमवारको भूकम्पमा परि  टर्की र सिरियामा मृत्यु हुनेहरूको सङ्ख्या २४,००० नाघेको छ।

पाँच दिनअघि गएको भूकम्पपछि राहत र उद्धार कार्य जारी छ ।

विश्वभरका राहत एजेन्सीहरू दुवै देशमा राहत कार्यमा संलग्न छन् । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ । यद्यपि मृतकको सङ्ख्या लगातार बढिरहेको छ ।

यसैबीच टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोगान र सिरियाली राष्ट्रपति बसर अल असदले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरेका छन् ।