आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ८४ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन्। मंगलबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका दलहरु दर्ता भएका छन्। 

पौडेलका अनुसार २०७४ को भन्दा १७ वटा धेरै दल आयोगमा दर्ता भएका छन्। २०७४ को निर्वाचनका लागि ६७ वटा दल आयोगमा दर्ता भएका थिए।