काठमाडौं उपत्यकाको फोहोर विसर्जन केन्द्र नुवाकोटको बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ।

स्थानीयले बुधबार पनि विरोध गरी फोहोर फाल्न नदिएसँगै स्थानीय र प्रहरीबीच झडप भएको हो।

स्थानीयले ढुंगामुढा प्रहार गरे भने प्रहरीले २ सेल अश्रु ग्यास प्रहार गर्यो।

फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेसँगै २ सय जनाभन्दा बढी प्रहरी परिचालन गरिएको थियो।

सो क्षेत्रमा झडप भएपछि फोहोर बोकेर गएका टिपर फोहोर नै नफाली फर्किएका छन्।