जलविद्युत कम्पनीको सर्वेक्षण अनुमति पत्र विद्युत विकास विभागले खारेज गरेको जनाएको छ।सर्वेक्षणको अनुमती पाएका जलविद्युत कम्पनीको अनुमती पत्र नविकरणका लागि विभागले सूचना जारी गरेको थियो। विभागले तोकेको समयमा नविकरण नगर्ने विभिन्न १७ जलविद्युत आयोजनाको अनुमति पत्र रद्ध गरेको जनाएको छ।

कोरोनाका कारण प्रभावित आयोजनालाई यसको प्रभाव कम हुँदै गएपछि दस्तुरसहित दरखास्त र प्रगती विवरण पेस गर्न विभागले आग्रह गरेको थियो।

नविकरणका लागि विभागले दिएको समयसिमा भित्र नआउने कम्पनीको अनुमती पत्र खारेज भएको हो। विभागले हालसम्म सम्भाव्यता अध्ययन र वातावरणीय अध्ययन सकेका २ सय ३५ कम्पनीलाई ८ हजार १३ मेगावाट जलविद्युत उत्पादनका लागि जेनेरेशन लाईसेन्स दिएको छ।

ती कम्पनीलाई फाईनान्सियल क्लोजरका लागि १ वर्षको अवधी थप गरिएको थियो। ३५ सय मेगावाट विद्युत उत्पादनका लागि ४३ कम्पनीले अनुमती लिएका छन्।