रक्तिम सांस्कृतिक अभियान पाल्पाकी उपाध्यक्ष कुशुम दर्लामीको निधन भएको छ ।
गत जेठ १० गतेदेखि भरतपुर क्यान्सर अस्पतालमा उपचाररत रहेकै बेला २०७८ जेठ १८ गते साँझ उहाँको निधन भएको हो ।

कुशुमका पिता राष्ट्रिय जनमोर्चा गुल्मीका सचिव छविलाल सर्तुङीका अनुसार उहाँलाई सुरुमा रगतसम्बन्धी समस्या देखिएको थियो ।
पहिला खुट्टा सुन्निनेजस्ता समस्या देखिएकोमा पछिल्लो समय कोभिड सङ्क्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि कुशुमलाई भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।
३३ वर्षीय कुशुमका पति विशाल दर्लामी राजमो पाल्पाका अध्यक्ष हुनुहुन्छ । उहाँहरूका एक छोरा रहेका छन् । कुशुम दर्लामीको असामयिक निधनप्रति रक्त प्रवाह परिवार भावपूर्ण श्रध्दान्जली , साथै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछौ ।




