नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री निबास बालुवाटारमा बसेको छ। बिहान १० बजेका लागि बैठक बोलाइए पनि ११ बजेपछि बैठक सुरू भएको छ ।
हाल नेकपा एमालेमा १९ जना स्थायी कमिटी छ । नेता झलनाथ खनाल र माधव नेपाल पक्षविनै ओलीले केही समयअगाडि स्थायी कमिटी गठन गरेका थिए।
बैठकमा आगामी २७ गते प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत, नयाँ सरकार गठन, राष्ट्रियसभाको निर्वाचन, कोरोना महामारी लगायतका विषयमा छलफल हुने बताइएको छ ।




