राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन्।

संसद्‌मा हिंसा गर्न आफ्ना समर्थकको भिडलाई उत्साहित गरेको आरोपमा उनीविरुद्ध महाभियोग लगाउने प्रस्ताव तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो।

गत बुधवार अमेरिकी संसद् भवनमा हुलदङ्गा गर्न प्रोत्साहित गरेको अभियोगमा उनीविरुद्ध डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए।

ट्रम्पको दलका १० जना सांसदले महाभियोगको पक्षमा मतदान गरेपछि उक्त प्रस्ताव २३२ मतले पारित भएको सभामुख न्यान्सी पेलोसीले जानकारी दिइन्।