
भारतीय टेलिभिजन च्यानल जी न्युजले बिश्वको सर्बोच्च शिखर सगरमाथालाई भारतीय नाम दिने अभियान थालेको प्रती अखिल नेपाल युवक संघले बिराेध जनाएकाेछ ।अध्यक्ष अनिलकिशोर घिमिरे ले जारि गरेकाे बक्तब्यकाे पुरा पाठ यसप्रकार रहेकाे छ ।
भारतीय टेलिभिजन च्यानल जी न्युजले बिश्वको सर्बोच्च शिखर सगरमाथालाई भारतीय नाम दिने अभियान थालेको प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।नेपालका प्रधानमन्त्री केपि शर्मा ओलिको अन्तरबार्ता लिएर भर्खर फर्किएका जी न्युजका सम्पादक सुधिर चौधरीलेनै नेपाल आएको बेला हेलिकप्टर बाट सगरमाथा आधार शिविर पुगेर उक्त अभियान शुरु गरेको बताउनु गम्भीर आपत्तिजनक बिषय रहेको छ।भारतका राधानाथ सिकदरले सगरमाथा को उचाइ नापेकोले उनको नाममा सगरमाथा को नाम रहनुपर्ने दाबी उनको छ।प्रम ओलि संग अन्तरबार्ता को नाममा बालुवाटार आएका सुधीर चौधरी एकाएक कालापथ्थर पुगि यसप्रकारको गतिविधि मा सहभागी कसरी भए ,किन त्यसको लागि बाताबरण बनाइयो।यसको उपयुक्त छानबिन गर्न माग गर्दछौ ।यसअघि जी न्युजले प्रम ओलि र चिनियाँ राजदुत होउ यान्छी बीच को कपोल्कल्पित सम्बाद सहितको आपत्तिजनक रिपोर्ट बजाएको थियो।त्यसको बिरोध मा नेपालका केबल अपरेटरहरुले जी सहितका केही भारतीय च्यानल हरुको प्रसारण मा रोक लगाएका थिए।अहिले त्यही बिबादास्पद पत्रकार र टेलिभिजन संग प्रधानमन्त्री ले अन्तरबार्ता दिनु र लगत्तै सोही टेलिभिजन ले नेपालको राष्ट्रिय स्वाभीमान माथी धावा बोल्नु ले गम्भीर संका उत्पन्न गराएको छ।केपि ओलिले चुनाबी माहोल बनाउन राष्ट्रियताका कुरा गर्ने र पछि राष्ट्रघातका कार्यहरुमा अग्रसर हुने गरेका उदाहरण हरु प्रसस्त छन् ।त्यसैको निरन्तरता को रुपमा यो घटना दोहोरिएको हो भने यसले मुलुकलाई ठुलो क्षेती पुर्याउने छ।यसप्रकारको गतिविधिहरुको घोर निन्दा गर्दै आपत्तीजनक समाचार प्रसारण गर्ने च्यानलहरूलाई रोक लगाउन माग गर्दछौं र राष्ट्रघातीहरुको भण्डाफोर गर्न सबै रास्ट्रबादी जनताहरुलाइ आव्हान गर्दछौं ।




