टिकाराम खनाल

लकडाउन खुलेपछिको तेस्रो दिन आज , म आफ्नो स्टेसनरी पसल खोलेर चिया पिउदै मोबाइल बाट राशिफल सुन्दै थिए-“नमस्कार, तपाई सुन्दै हुनुहुन्छ आजको राशिफल , आज मिती २०९८ साल असार १६ गते तदनुसार २०४१, ३० जुन आइतबार । अब सुरु गरौ मेष राशिबाट “त्यत्तिकैमा एक जना अधबैँसे उमेर जस्तो देखिने मानिस मेरै पसल अगाडी आएर “नमस्कार अङ्कल ” भन्दै टक्क अडिए । म पनि नमस्कार फर्काउदै हार्दिकतापूर्वक कुरा गरे तर म उसलाई को ब्यक्ती भन्ने कुरा प्रस्ट हुन सकिन ।

म सँग केहि काम भए जसरि ति ब्यक्ती एकछिन कुरा गर्न खोजे जस्तो महसुस मैले गरे ।
“अङ्कलले मलाई चिन्नुभएन कि ?” उनले प्रश्न गरे ।
“अल्ली मुस्किल पर्‍यो बाबु” मैले पनि एक किसिम को उत्सुकता प्रकट गर्दै भने ।

” म शैलेस पोखरेल क्या अङ्कल , एभरेष्ट इन्टरनेसनल  कलेज को विद्यार्थी ,म जहिले पनि स्टेशनरी को सामानहरु चाँहिदा यहीँ बाटै लग्थे नि” उनले अझ प्रस्ट पार्न खोजे,”अझै चिन्नु भएन भने तपाईको खाता रजिस्टर को पेज नं १५२ मा हेर्नुस त ! अलिकती पैसा तिर्नु पर्ने थियो मैले ,त्यती बेला स्नातक दोश्रो बर्ष पढ्दै थिए । अनी लकडाउन भैहाल्यो । जिल्लाभित्र आन्तरिक रुपमा बेला बेला मा खुले पनि जिल्ला बाहिरको आवागमन ठप्प भयो । त्यसैले अब त खुले पछी त बाँकी पैसा तिर्नु पर्‍यो भनेर आएको ।”

अब चाँही मेरो मन मा त्यो अनुहार स्पस्ट भयो । कहाँको २०।२२ बर्ष को लक्का जवान , कहाँको अधबैसे उमेरको मानिस । झ्याप्पै चिन्नु पनि कसरी ? म एकछिन अचम्म परे । कोरोना महामारी ले मानिस लाई गर्नुसम्म गर्‍यो । अनी अचम्म यो कुरा मा पनि कि २२ बर्ष पहिला को आफुले उधारो लगेको खाताको पेज नंम्बर समेत याद गरेको ।

यो बिचमा कोरोना महामारी ले बिस्वभरि ब्यापक रुपमा प्रभाब पार्यो । कोरोना महामारी मा जनता को सुरक्षा गर्न नसकेको भनेर इटालि, अमेरिका, स्पेन जस्ता देश हरु का सरकार प्रमुखलाई असफल भनेर त्यहाँको सेनाले अपदस्थ गरेर सरकार हात मा लिइ सकेको थियो । त्यसै गरी छिमेकी देश भारत को सरकार प्रमुख लाई पनि बेला बेला मा “कोरोना महामारी मा जनताको सुरक्षा गर्न नसकेको र छिमेकी देश हरु सँग राम्रो कुट्नैतिक  सम्बन्ध मा असफल भएको भनेर जतिबेला पनि अपदस्थ गर्न सक्ने” भनेर त्यहाँको सेना प्रमुख ले बेला बेला मा चेतावनी दिर्इ रहेका थिए । अर्थतन्त्र पुरै बिस्व मै धरासाही भएको थियो । तथ्याङ्क हेर्दा बिदेशमा चानचुन बढीमा १०००० युबाहरु मात्र बिदेस मा रोजगारको सिलसिलामा रहेको भन्ने बिबरण हालसालै श्रम मन्त्रालय बाट प्रकासित भएको थियो । नेपालले कृषी उत्पादन मा ब्यापक फड्को मार्न लागेको छ । बार्षीक ३.५ अरब को तरकारी तथा फलफुल बिदेश निर्यात गरेको छ । यध्यपी अन्य क्षेत्र मा ब्यापक प्रभाब परेको छ ।

उनी(शैलेस्) को हिसाब हेर्न एकछिन समय लाग्ने हुनाले मैले पसल बाहिर लगाइयको छेकबार (Entrance barrier ) को स्विच अफ गरे । छेकबार खोली सके पछी उन लाई मैले मेरो पसल भित्र पट्ती रहेको मेच मा बस्न अनुरोध गरे । त्यत्तिकैमा उनले भने ” अङ्कल एक्छिन समय लाग्ला जस्तो छ, प्रहरि ले गस्ती गरीरहेको छ । मलाई एकछिनका लागि टाइम कार्ड दिनुस्” भनेर भने । मैले पनि उनको अनुरोध लाई स्विकार गरेर टेबुल माथी रहेको डेली असिस्ट मेसिन (Daily assist machine) को स्विच अन गरेर २० मिनेट को टाइम कार्ड बनाएर प्रिन्ट गरेर हातमा थमाइदिए । अनी मैले खाता रजिष्टर खोज्न थाले । र्याक बाट “उधारो खाता बिबरण २०७६” लेखियको रजिस्टर निकाली उनको हिसाब गर्न थाले । पेज नम्बर १५२ मा लेखियको थियो ” शैलेस पोखरेल ,एभरेष्ट इन्टर्नेस्नल कलेज्” । उनको हिसाब जोड्दा जम्मा जम्मी रु २६७५ रहेछ । मैले उनलाई यो बतार्इ सकेपछी उनले अलिक अफ्ठ्यारो मान्दै” अङ्कल , के गरौ ? धेरै समय भयो । । मैले ” हैन बाबु, त्यस्तो सोच्नु पर्दैन । यो समय ले बनायको बाध्यता थियो । जती छ त्यत्ती मात्र दिनुस्, अरु केहि गर्नु पर्दैन ” भनि सकेपछी उनले आफ्नो पर्सबाट पैसा निकालेर दिए । मैले स्यानिटाइजर स्प्रे मेसिनबाट हातमा स्यानिटाइजर लगाइ सकेर उनले दिएको पैसा लिएर फिर्ता गर्नु पर्ने रकम फिर्ता गरे । शैलेस ले पनि स्यानिटाइजर लगाइसकेपछी मैले दियको फिर्ता रकम लिए ।

त्यसपछी मैले उनलाई चिया को प्रस्ताब गरे । डेली असिस्ट मेसिनमा “सर्भिस्” भन्ने बिकल्पमा गई “ड्रीङ्क्स्” भन्ने बिकल्प मा थिचे । त्यसपछी “कोल्ड्” र “हट ” मध्य “हट ” मा थिचे । अनि “टि” भन्ने बिकल्प अनि क्रमस्: “मिल्क, ब्ल्याक, लेमन, अदर ” मध्य “मिल्क ” बिकल्प मा थिचे । त्यसपछी “टाइम्” भन्ने बिकल्प मा थिचेर ” आफ्टर टु मिनट्स्” भन्ने बिकल्प मा थिचे । अनी कुराकाअनी लाई निरन्तरता दियौ ।

मलाई शैलेस को बारेमा अझ बढी जान्ने इच्छा भयो । कुराकानी को क्रम मा थाहा पाए कि लकडाउन कै समय मा २०७९ सालमा उनको बिहे भएको रहेछ । मानब सभ्यताका चाल चलन पनि कत्ती फेरिए कत्ती ।बिहे गरेपछी बेहुला बेहुली लाई कम्युनिटी क्वारेन्टाइन मा छुट्टा छुट्टै १५ दिनसम्म राखी सकेपछी पि सि आर परिक्षण रिपोर्ट नेगेटिभ आएपछी मात्र संगै बस्ने प्रचलन एउटा संस्कृती को रुपमा बिकास भैसकेको थियो ।  अहिले पनि छ उनि हरु पनि त्यसै गर्नु परेछ । कुराकानी गर्दै गर्दा उन्को २ वटा छोरा छोरी भएर पनि १० र १२ कक्षामा पढ्ने भैसकेको कुरा थाहा पाए । त्यत्तिकै मा “रोबोट ए के ७९” ले “गुड मर्निङ्ग ” भन्दै दुइ कप चिया लिएर आयो । बि स २०७९ साल मा अर्घाखाँची का एक युबाले बनायको रोबोट हुनाले “रोबोट ए के ७९” नाम दियियको थियो । यो रोबोटको माग अहिले उपत्यका लगायात अन्य जिल्लामा पनि ब्यापक छ ।

चिया पिउदै गर्दा हामिले थुप्रै कुराकानी गर्यौ । कुराकानी गर्दै गर्दा मेरो टेलिग्राम मा घन्टी बज्यो । टेलिग्राम लाई डेली असिस्ट मेसिन सँग कनेक्ट गरेको हुनाले त्यहाँ भएको “रिसिभ्” भन्ने बिकल्प थिचेर रिशिभ गर्दा ” तपाइलाई नमस्कार छ । नेपालको पुराना भूमीहरु टिस्टा र काङ्गडा समेटियको नयाँ नक्सा संसदबाट पारित भएको अबसरमा आज दिउसो ठिक १:०० बजे र्याली मा सहभागी हुनको लागी माइतिघर मन्डला मा आउनुहोला, धन्याबाद !” भन्ने आवाज आयो ।

त्यत्तिकैमा शैलेस ले ” म जान्छु अङ्कल , दिउसो उतै माइतिघर मन्डला मा भेटौला । म पनि आउनेछु” भनेर निस्किए । म एक्छिन सोचमग्न भए । ” अ साच्ची ! आज त घरभेटी लाई तिर्नु पर्ने भाडाको हिसाब निकाल्छु भनेको ” म हिसाब गर्न थाले:
२०७६ चैत देखी २०९८ जेठ सम्मको भाडा= २५५×९००० = रु२२९५०००
तीन बर्ष को भाडा छुट = रु ३२४०००
जम्मा मैले तिर्नु पर्ने = रु १९७१०००
अहो ! तिन बर्षको भाडा छुट गर्दा पनि झन्डै बिस लाख त भाडा मात्रै पुगेछ । अब कसरी तिर्ने होला ? म एकदमै सोचमग्न भए । हुनत : सरकारले आर्थीक अनुदान प्याकेजमा ” आबस्यक पर्ने ब्यक्ती ले स्पस्ट कागजात सहित आबेदन दिएमा पच्चिस लाख रुपैया सम्म पाउन सक्ने ब्यबस्था ” ले केहि आसा गर्ने ठाउ थियो ।

यत्तिकैमा मेरो कुर्सी माथी भएको स्यानिटाइजर स्प्रे मेसिन मेरो टाउको माथी खस्यो । ऐया भनेर म चिच्याए । उता आमाले “आज पनि के सपना देखेर झस्कियो” भन्दै हुनुहुन्थ्यो ।
“उफ सपना पनि कस्तो कस्तो देख्छु!” म उठेर बिस्तारा मै बसेर एक्छिन झोक्राइ रहे ।