सुदिप पाैडेल
विज्ञान र प्रविधिको विकासले आजको युगलाई सर्वगुण सम्पन्न वनाइसकेको छ । कुनै वेला अकल्पनिय, असंभव ठानिएका र मानिसका मस्तिस्कले सोच्नै नसकेका आविष्कारहरुको विकास आजको विज्ञानले सम्भव गराएको छ । भनिन्छ विकास भन्ने एक गतिशिल प्रक्रिया हो जसको कुनै टु«ङ्गो छैन । हिजो असम्भव भनिएका आविष्कारहरु आज सम्भव भएका छन् र भोली यीनै आविष्कारहरु सिमित लाग्ने छन् । अहिले हामी विज्ञान र प्रविधिको चरम विकासको युगमा छौँ । तिव्र आविष्कार र खोजले हामीलाइ सुविधा भोगी वनाएको छ । यसै विज्ञान र प्रविधिको एउटा खोज र आविष्कार हो “स्मार्ट सिटि” जुन कतिपय विकशित राष्ट्रका मुख्य मुख्य सहरहरुमा प्रयोग गरि पृथक सहरको निर्माण गरेका छन् । आज हामी यही स्मार्ट सिटि र यसको मुल सिद्धान्तवारे चर्चा गर्नेछौँ ।

हाम्रो जस्तो विकास उन्मुख राष्ट्रका निम्ति स्मार्ट सिटि निकै रोजक लाग्ने शव्द हो । त्यसैले त हाल्लै सम्पन्न दुई ठुला निवार्चनमा विभिन्न दल र उम्मेदवारका घोषण पत्रमा यसले महत्वपूर्ण स्थान पायो । केहि उम्मेदवारहरु त यसका आधारधभुत सिद्धान्तमा जानकार थिए भने अधिकांश उम्मेदरवारहरुले जनतालाई नौलो लाग्ने शव्द भएका हुनाले यसलाई समावेश गरे । जसले जसरी समावेश गरे पनि वास्तवतिक स्मार्ट सिटी र यसका चुनौतिहरु प्रति सम्पूर्ण जानकार हुन जरुरी छ ।
स्मार्ट सिटि एक सहरी विकासको त्यस्तो अवधारणा हो जहाँ सुचना प्रविधिका सिद्धान्तहरु मुख्य पुर्वाधार भई सम्पूर्ण भौतिक पुर्वाधारको विकास हुन्छ । सडक, खानेपानी ,यातायात, स्वास्थ्य, शिक्षा , सरसफाइ, सुरक्षा जस्ता आधारभुत पुर्वाधारको दिर्घकालिन विकास भइ सुचना र प्रविधि मानिसको दैनिकी संग जोडिएको हुन्छ । सरल रुपमा भन्दा भौतिक विकासका सम्पूर्ण आधारभुत कुराहरुको विकास भई प्रविधि मैत्रि सहर नै स्मार्ट सिटि हो । सर्वगुण सम्पन्न यस स्मार्ट सिटिको अवधारणा सन् २००८ देखी सुरु भएको हो । “आइविएम” नामक एक प्राविधिक कम्पनिले सुरुमा यसको परिकल्पना र यसका अवधारणा प्रस्तुत गरेको थियो । विकशित मुलुकहरुका सहरहरु जस्तै सिंगापुर, शोल , कोपनहेगन , टोकीयो लगाएतका सहरहरु विश्वकै उत्कृष्ठ स्मार्ट सिटिमा पर्छन् । यी सहरहरुमा स्मार्ट सिटिका सम्पूर्ण पूर्वाधारहरु विकास भएका छन् ।
यस्तो हुनेछ स्मार्ट सिटिमा दैनिकी ः
वस वा टे«नमा यात्रा गर्दै छौँ खल्तिमा पैसा वोक्न जरुरी छैन एउटा कार्ड मात्र वोके पुग्छ । घरवाट निस्किदाँ वा वजार जाँदा मोटो , मोटो वालेट वोक्न जरुरी छैन किनकी हाम्रो मोवाइलमै डिजिटल वालेट हुनेछ । विजुली, पानीकाृ विल तिर्न वा वैकँ, सरकारी कार्यालयहरुमा लाइन वस्न पर्नै छैन, सवै काम मोवाइलवाटै एक क्लिकमा गर्न सकिने छ । हामी जहाँ जतिखेर हिँड्दा पनि सुरक्षित महशुस गर्नेछौँ । धुलो, धुवाँ, प्रदुशणवाट मुक्ति पाइ आफनो दैनीकी सहज रुपमा गर्न सक्ने छौँ । शिक्षा, स्वास्थ्य र रोजगारका निम्ति टाउको दुखाउन पर्ने छैन , यी सवै आफनो अनुकुलमा प्राप्त गर्ने छौँ ।

जति सुन्दा र कल्पना गर्दा राम्रो लागे पनि स्मार्ट सिटि निर्माणका लागी चुनौतिहरु पनि उत्तिकै छन् । स्मार्ट सिटि निर्माण थालनी पूर्व सम्पूर्ण भौतिक पूर्वाधारहरुको विकास हुन जरुरी छ । यसका निम्ति ठूलो मात्रामा पुँजी आवश्यक हुन्छ । भौतिक पूर्वाधारको उपयूतm विकास विना स्मार्ट सिटिको परिकल्पना वेकार नै हुन्छ । हाम्रो देशका सम्पूर्ण सहरहरुमा अझै पनि पूर्ण रुपमा भौतिक पूर्वाधारको विकास भएको छैन । त्यसैले विभिन्न निजि क्षेत्रहरुको लागानीलाइ पनि सदुपयोग गरि जनता संग सहकार्य गरि, स्मार्ट सिटिका आधारभूत पूर्वाधारलाई विकास गर्दै लैजाने हो भने विकशित राष्ट्रहरुमा जस्तै हाम्रो देशमा पनि स्मार्ट सिटि निर्माण गर्न संभव हुनेछ । यसका निम्ति सम्वन्धित निकाएले गृहकार्य गर्नुनै पर्छ ।