युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले युरोपेली सङ्घबाट ब्रिटेन बाहिरिने समयावधि ज्यानुअरीको अन्त्यसम्म थप गर्ने पुष्टि गरेका छन्।
एउटा ट्वीट गर्दै उनले निर्णयलाई लिखितरूपमा औपचारिकता दिइने बताए।
युरोपेली सङ्घ इयूका राजदूतहरू उक्त निर्णयमा अन्तिम रूप दिन ब्रसल्समा छलफल गरिरहेका छन्।
- ब्रिटिश प्रधानमन्त्रीले ब्रेक्जिट विलम्ब टार्न विधेयक पेस गर्ने
- बोरिस जोनसनको सहमतिबारे खुकुरीको धारजस्तो मतदान
- ब्रेक्जिट: थप समयका लागि प्रधानमन्त्रीको हस्ताक्षरविहीन पत्र
अनुरोध
ज्यानुअरी ३१ को समयसीमाबारे ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन अनिच्छुक थिए तर संसद्को निर्णयका कारण उनी त्यस्तो अनुरोध गर्न बाध्य भए।
तर इयूबाट ब्रिटेन बाहिरिने विषयमा प्रधानमन्त्री जोनसनले संसद्को समर्थन पाए त्यसअघि नै पनि बाहिरिन सक्ने बताउने ठानिएको थियो।
यो प्रस्तावबारे पुन: वार्ता हुन नसक्ने कानुनी प्रावधान पनि हुनसक्ने बताइएको छ।
हाउस अफ कमन्सले प्रधानमन्त्रीको डिसेम्बर १२ तारिखमा आम निर्वाचन गराउने प्रस्तावलाई अस्वीकार गर्ने ठानिएको छ।




