नालायक बरु मेरो शिर

छिनालेर लैजा

दिन सक्दैन मेरा हिमालहरु

बरु मेरो मुटु,कलेजो लैजा

तर सुम्पिन तयार छैन म

ब्रहमदेव,प्यराताल,लालबोझी सुस्ताहरु।

बरु लैजा टुक्राटुक्रा पारी

मेरा हात खुट्टाहरु

तर सुम्पिन सक्दैन म

बिश्वलाई चिन्न सक्ने

मेरा स्वाभिमानी न्यायका आँखाहरु।।।

कति सहन सक्छु र अब त

उति बेला मेरो देश भुकम्पले

थिच्चिएको मौका पारिस

अहिले कोरोना ले कैदी बनाएको बेला

फेरि ब्यास,गुन्जी हुँदै लिपुलेक को

मेरो शरीर लाई चिरेर

आफू परेढ खेल्ने दुस्साहस गर्दैछस बिस्तारबादि।।

तर किन निरीह बन्यो

मेरो देश को बहादुर सरकार ?

म सोध्दैछु उसलाई पनि

पुर्बको माने भञ्ज्याङ् बाट

ठिङ्ग पश्चिम फर्किएर ।।

मन दौडदैछ नयाँ मोडमा

हिल्सा,लोमान्थाङ्ग र किमाथांका

के गर्दैछ भनेर

अनि चौतर्फी मेरा सिमारेखाहरु

जङ्गे पिल्लरसङ्ग बोल्दैछन कि छैनन्?

बोल्नु पर्छ मेरो सरकार

मैले सोधेको प्रश्नमा

खोल्नु पर्छ सबै

के हुँदैछ मेरो देशको सिमानमा??

सक्दैनस भने मेरो सरकार

लिपुलेक कालापानीमा

मलाई लगेर उभ्याइदे

फिर्ता गरा लिम्पियाधुरा

बरु मेरो बलि चडाईदे।।।।।।।