कुमाख गाउँपालिका सल्यानको स्थानीय युवा परिषद् ऐन -२०८१ को परिच्छेद २ को दफा ३ को उपदफा (१) बमोजिम कुमाख गाउँपालिका गाउँकार्यपालिकाको मिति २०८१/०६/१५ गते बसेको ७ अौँ बैठकको निर्णयानुसार युवा मामिलामा वकालत गर्ने युवराज खड्कालाई स्थानीय युवा परिषद्को उपाध्यक्षमा मनोनयन गरिएको हो । उनी सानै उमेरदेखी युवा मामिलामा सक्रियताका साथ काम गर्दै आइरहेका थिए ।

विगत केहि वर्षदेखी राष्ट्रिय युवा परिषद्को केन्द्रिय प्रशिक्षक भएर तिनै तहको (संघ, प्रदेश र स्थानीय) युवा संसद अभ्यास कार्यक्रम सञ्चालन गर्दै आइरहेका थिए । उपाध्यक्ष मनोनयनका दौरान उनले गाउँकार्यपालिका समक्ष ४ वर्षे कार्यकालमा सम्पन्न गर्ने दिर्घकालिन रुपमा रुपान्तरणकारी कार्ययोजना समेत पेश गरेका थिए । उनका कार्ययोजनाका मुख्य विषयहरु कुमाख गाउँपालिकामा युवाहरुलाई संविधान तथा कानून प्रदत्व अधिकार कार्यन्वयनका लागी स्पष्ट रणनीति र कार्यनीति तयार गरी गाउँ कार्यपालिका समक्ष पेश गर्ने र सो बमोजिम गतिबिधि अगाडी बढाउनुका साथै युवालाई सशक्तिकरण, क्षमता विकास, सीप विकास, उद्यमशिलता, खेलकुद का सँगै स्थानीय सरकारका सरकारमा युवाहरुको अर्थपुर्ण सहभागिताको सुनिश्चित गर्दै युवा मैत्री गाउँपालिका निर्माणमा टेवा पुग्ने गरी काम गर्ने कार्ययोजना पेश गरेका छन् ।

स्थानीय स्तरमा पालिकाहरुले कानून नै बनाएर युवाहरुलाई राज्यको मूलधारमा अर्थपुर्ण सहभागिताको सुनिश्चित् गर्दै जादा यसले युवामैत्री गाउँपालिका निर्माणका साथै सार्वजनिक सेवा प्रवाह, युवा परिचालन, सहभागिता र नेतृत्व विकासमा महत्वपुर्ण योगदान गर्दछ । देशैभरीका सिमित स्थानीय तहमा युवा परिषद् सम्बन्धी कानून निर्माण गरेर युवा मामिलामा काम गर्नका यस्ता खालका संरचनाको विकास भएको पाइन्छ । यो सँगै कर्णाली प्रदेशमा स्थानीय युवा परिषद् ऐन बनाएर युवा परिषद् स्थापना गर्ने कुमाख गाउँपालिका समग्र स्थानीय तहमा चौँथो हो भने सल्यानका दश वटा पालिका मध्ये पहिलो रहेको छ।

कुमाख गाउँकार्यपालिकाले स्थानीय युवा परिषद्को उपाध्यक्षमा आफुलाई मनोनित गरेकोमा युवराज खड्काले समग्र गाउँकार्यपालिका प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै, गाउँकार्यपालिकाले कुमाखमा युवा मामिलामा परिणाममूखी काम गर्नका लागि सुम्पिएको जिम्मेवारीलाई इमानदारीताका साथ उच्च प्रतिफल देखिने गरी आफ्नो कार्यकालमा अधिकतम् प्रयास गर्ने समेत बताए । साथै सहयोग र सहजीकरण गर्ने कर्मचारी प्रशासन, कुमाखी युवा तथा सरोकारवाला सबैलाई धन्यवाद दिदै कुमाखमा रुपान्तरणका आगामी यात्रामा समेत साथ, सहयोग र सहकार्यका लागि संवद्व सबैमा अपिल समेत गरेका छन्।