६ चैत, काठमाडौं
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्मसँगै संघीयता र गणतन्त्रबारे समेत जनमत संग्रह गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् ।
पहिलो देखी नै हिन्दु धर्मको वकालत गर्दै आएका महामन्त्री कोइरालाले धर्मबारे जनमत संग्रह गर्नुपर्ने माग गर्दै आएका छन् । बुधबार काठमाडाै टोखास्थित आफ्नै निवासमा होलीको शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले धर्मबारे जनमत संग्रहको वकालत गरेका हुन् ।





