अन्तर्राष्ट्रिय नेपाली एकता समाजको बृहत भर्चुअल भेला हिजो २०२१ नोभेम्बर २७ तारिक सम्पन्न भएको छ । भेलाले स्पेनबाट दुर्गा शर्माको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय समितिको निर्माण गरेको छ । समितिले उपाध्यक्ष ४ जना र सचिव २ जना रहने व्यवस्था गरेको छ । उपाध्यक्षहरू क्रमशः जापानबाट मानबहादुर थापा, भारतबाट देब बहादुर लामिछाने, बेलायतबाट बलराम पौडेल, कतारबाट गंगा खड्का रहनु भएको छ । त्यसैगरी समितिको महासचिवमा कोरियाबाट विदुर शर्मा चुनिनु भएको छ । कोषाध्यक्षमा बेल्जियमबाट हिमाल थापा, सचिवमा भारतबाट महेन्द्र बस्याल र जापानबाट– देबेन्द्र बस्याल रहनु भएको छ । सदस्यहरुमा जापानबाट– बुद्धि कण्डेल, कृष्ण शर्मा(गौतम), शिव गिरी, मलेसियाबाट राजु बस्याल, कुवेतबाट धनबहादुर बस्याल, इश्वरी विश्वकर्मा, कतारबाट चिन्तामणि पौडेल, हेमसागर बस्याल, भारतबाट– इन्द्रभेटाल, सुर्यबहादुर पुन, भारती परियार, कोरियाबाट– शिव पौडेल, रामु तरामी, बेल्जियम राजबेलवासे, पोर्चुगल– भूपाल शर्मा, डेनमार्क मिलन चालिसे, अष्ट्रेलिया–यम कुँवर, पारस लामिछाने, क्यानाडा–रेशम पौडेल, दुबईबाट भानु शर्मा, किरण के.सी, बहराइनबाट तेजमान सिजाली, जर्मनबाट अनिल सुवेदी, ओमनबाट सोम तामाङ्ग, रहनु भएको छ । त्यसैगरी सल्लाहाकारमा नेपालबाट गंगा पौडेल, खगेश्वर शर्मा, शोभाकान्त लामिछाने र जापानबाट सचित्र के.सी रहनु भएको छ ।

समाजका अर्का अध्यक्ष दुर्गाबहादुर केसीले त्याे भेला बारे गम्भिर ध्यानाकर्षण भएकाे र अबैधानीक भएकाे बताएका छन् ।