चीनका राष्ट्राध्यक्ष सी चिनफिङफले जनवरी २५ तारिख राति विश्व अर्थतन्त्र मञ्च डाभोस एजेन्डा वार्तामा भिडियोद्वारा विशेष सम्बोधन गर्नुभएको छ। उहाँले युगको विषयबारे गहिरो विश्लेषण गर्दै “विश्व कस्तो बहुपक्षीयता चाहन्छ?” भन्ने प्रश्नको जवाफ दिनुका साथै विश्वको सहकार्यद्वारा महामारीको प्रतिरोध, विश्वको आर्थिक पुनउर्त्थान र महामारीपश्चात् विश्वको व्यवस्थाबारे स्पष्ट पार्नुभएको छ।

वर्तमान अन्तर्राष्ट्रिय शक्तिको तुलनामा परिवर्तन हुँदा विश्वले उतार-चढावको सुधार अवधिमा प्रवेश गरेको छ। एकपक्षीयता तथा संरक्षणवादले विश्वको शान्ति तथा विकासमा धम्की दिँदैआएको छ। सम्बोधनमा राष्ट्राध्यक्ष सीले बहुपक्षीयताको नाममा वास्तविक एकपक्षीय व्यवहार गर्नु नहुने भनाइ राख्नुभएको छ।

बहुपक्षीयताबारे राष्ट्राध्यक्ष सीको व्याख्याले विश्वको विकासका लागि दिशा देखाएको “विजनेस काजाकिस्तान”का महासम्पादक सेरिक आ. कोरचुम्बायेभले टिप्पणी गर्नुभएको छ।

साथै राष्ट्राध्यक्ष सीले सम्बोधनमा अनेकन कदमको घोषणा पनि गर्नुभएको छः महामारी विरूद्ध अन्तर्राष्ट्रिय सहकार्यमा सक्रिय भाग लिने, आपसी हितकर र विजयी खुला रणनीतिको व्यवहार गर्ने, दिगो विकासलाई घच्घच्याउने, विज्ञान तथा प्रविधिको नवीनतालाई अगाडि बढाउने, नयाँ अन्तर्राष्ट्रिय सम्बन्धको निर्माण गर्ने आदि।

चीनले विश्वको सहकार्यमा महत्वपूर्ण भूमिका खेलेको र भविष्यमा अझ महत्वपूर्ण योगदान दिने विश्वास विटवाटरस्राण्ड विश्ववियालयको अर्थतन्त्र तथा व्यापार विद्यालयका प्रमुख जान्नी रोसोवले गर्नुभएको छ।

मानव भाग्य समुदायको निर्माण गर्नखोज्ने चीन मानवजातिका लागि उचित मार्गमा अगाडि बढाउने दृढ शक्ति बनेको छ।

–सीआरआई