काठमाडौं

चार दिन अधि बाढीले पुल बगाएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग आजपनि सञ्चालनमा आउने सम्भावना न्यून छ।

अविरल वर्षापछिको बाढीले सोमबार धादिङ र चितवनको सीमानामा पर्ने मौवा खोलाको पुल बगाएपछि यातायात अवरुद्ध भएकोछ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार मौसमले साथ दिए बिहीबार रातिसम्ममा सञ्चालनमा आउने, नभए शुक्रबारबाट सञ्चालनमा आउने जानकारी दिए।