
नारायण प्रसाद आचार्य
चिसो भयो लाैन कान्छी तताइदेउन भन्दै अाए
मातलाग्ने साेमरस पिलाई मताई देउन भन्दै अाए ।।
तिमी भन हिउँ पनि पगाल्न म सक्छु भन्दा
सत्य कुरा हाे भने त देखाई देउन भन्दै अाए ।।
नसामानै लठ्ठ थियाे लाेलाएका नयनहरु
तिमी त छाै मेराे भन्नू सम्हाल्देउ न भन्दै अाए ।।
हेर्दा हेर्दै दिन ढल्याे झमक्क भै सांझ पर्याे
प्यासी छु म सितल पानी पिलाई देउन भन्दै अाए ।।
तन मिल्याे मन मिल्याे एकै छिनमा एकाकार
शरीर भरि पसिना भाे पुछि देउन भन्दै अाए ।।
विदुर- ५, नुवकोट
हालः तारकेश्वर-४ काठमाडौं
हालः तारकेश्वर-४ काठमाडौं




