नारायण प्रसाद आचार्य

जन्मैभो अति उच्च कूलघरमा उज्वल् नक्षेत्रै बनी
जुर्यो नाम त भानुभक्त भनिलौ संस्कारी छोरा पनि
चम्कीयौ झलमल्ल पारि जगनै साहित्य आकाशमा
विद्यामा अतिनै धुरन्धर थियौ ज्ञानी थियौ साथमा ।।

आसाढै महिना थियो झरझरी पानी परेको थियो
पण्डित्को घरमा बल्यो बलिगयो यौटा उज्यालो दियो
त्यो चुंदी भनिने सुरम्य धरती सारै छ मन्मोहक
हुर्किंदै दिनदिन् बढी बढिगयौ रम्दै र खेल्दै जब ।।

माता धर्मवती थिईन् जसकनै सूसभ्य ‌औ संस्कृता
बाबूहून धनन्जया भनिकनै प्रख्यात जो पण्डित
आचार्यै कुलमा जनम् हुनगयो विद्वान् अनि दीक्षित
पायौ ज्ञान र मान लौ गजवले हुँदै गयौ शीक्षित ।।

यौटा मानिस थ्यो नि घाँस दिनहुँ काट्ने र बेच्ने अनि
नामैराख्न भनी त चाह भइगो खन्यो नि कुवा पनि
त्यै घाँसी जसबाट प्रेरित भई रच्यौ ल काब्यै पनि
चम्क्यौ जो जगमा छरी चहकिलो प्रकाश भानू बनी ।।

शाहाबंस विशे थिए पिरथिवी नारायणै जो थिए
चौबिसे अनि बाइसे नगरका एकीकरण् गर्दिए
भाषामाध्यमबाट राष्टियकता गर्यौ नि तिम्ले पनि
देखायौ जगमा सुसभ्य छ भनी नेपाल भाषा पनि ।।

त्यो रामायणका कथाजति थिए ढाल्यौ ती श्लोकै महां
जन् जन् मा भिजिगो भयो दिनदिनै प्रचार लोकै महां
जीब्रोमा बसिगो सबै जन विशे घर् घर् पुजा पाठ भो
पढ्नैमा पनिलो अती सरलभो जन् जन् विसे साथ भो ।।

छाडेनौ जनता हवन् कि दरवार् दुस्कर्म गर्ने हरु
गर्दै ज्ञान र विद्वता कलमका प्रहार तीखा बरु
खोतल्खातल पारदै भनिदियौ समाजका विक्रिती
अड्डादालतका ढिला पन तथा त्यो जेलको स्थिती ।।

गर्दै वर्णन लौ छटा प्रकृतिका लेख्यौ नि काव्यै पनि
तत्क्षण् मै गरने अनेक रचना थ्यौ प्रतिभाका धनी
त्यो कान्तिपुरको गर्यौ गरिगयौ सुन्दर् बयानै पनि
लेख्यौ सुन्दर बाणिबाट रचना भूस्वर्गनै हो भनि ।।

लेख्ने काब्यसुधा थियौ जो पहिलो भन्छन् नि आदी कवि
चम्क्यौहै जगमा छरी चमकता जस्तै उज्यालो रवि
बस्नेछौ सवको सदा मन तथा मस्तिष्क भित्रै रहि
मन् मन्मा सवको सदा रहिरहुन् नेपाल तारा भई ।।

विदुर- ५, नुवकोट
हालः तारकेश्वर-४ काठमाडौं