होली वाइन’ प्रकरणले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एउटा पृथक परिचय दिएको थियो दुनियाँलाई । अब फेरि ‘कोरोना भाइरस’ कार्ड, जन्तर वा बुटी नाम दिए पनि निष्पट्ट अन्धविश्वासको प्रतीक भने पक्कै हो । हाम्रा कम्युनिस्ट शीर्ष नेताहरूले उफ्री उफ्री प्रयोग गरेर फेरि अर्कोपल्ट दुनियाँ हँसाए । साँच्चै यो–यस्ता चर्तिकला हेर्दा अनेक कल्पना आउँछ । कहाँको विज्ञानमा आधारित माक्र्सवाद, कहाँको विज्ञान र ज्ञानमा आधारित भौतिकवाद, कहाँको श्रमको सर्वोच्च मान्यता, कहाँको शोषणको कडा विरोध, कहाँको न्यायपूर्ण वितरण, कहाँको समान कामको लागि समान ज्याला, कहाँको समतामूलक समाजको स्थापना, कहाँ कोरोना भाइरसविरूद्धको तथाकथित कार्ड वा बुटी वा जन्तर । एकजना सांसद सदस्यको छोराले कताबाट ल्याएछन् केही सय थान कार्ड र आफ्नी आमालाई त्यो कार्ड घाँटीमा झुण्ड्याएर संसद् बैठकमा पठाएछन् । मान्छे कसरी बढी बाँचिन्छ, कसरी निरोगी होइन्छ, के–कसरी कोरोनाबाट बचिन्छ ? भनी अनेक खोजी गरिरहेका बेला एउटी सांसद्को घाँटीमा एउटा नौलो प्रकारको वस्तु झुण्डिएको देखेपछि अन्य सांसद्का निम्ति चासो हुनु स्वाभाविक नै भयो । सोधखोज हुने नै भयो । फेरि हाम्रो नेपाली समाज बढी छिद्रान्वेषी समाज नै भयो । छोरोले चीनबाट ल्याएको कार्ड घाँटीमा झुण्ड्याएपछि कोरोनाका भाइरस परैबाट भाग्छन् रे भनी छोराले दिएको भनेछन् । एउटाको सातसय रूपैयाँ पर्छ भनेछन् ।
होली वाइनको नयाँ संस्करण !
अब एक कान दुई कान मैदान भै गो । को पो निरोगी भई धेरै बाँच्न खोज्दैन र ? होली वाइनका प्रमुख पात्र माधवकुमार नेपालले निकै वटा जन्टर किन्नुभएछ र नेकपाको स्थायी समिति बैठकमा जन्तर लाएर जानुभएछ । हाम्रो समाजमा यस्ता कुराको बढी खोजीनीति हुन्छ । माधवजीले आफूले सुनेका सबै कुरा भनिदिनुभएछ । साथै केही जन्तर आफूसँग पनि भएको जानकारी दिनुभएछ । तब पूर्वप्रधानमन्त्रीसँग भएका जन्तर हाताहाती सबै बिके, बिक्ने नै भए त्यत्रा वरिष्ठ नेताले नै लगाएपछि । परिणाममा नेकपा स्थायी समिति सदस्य धेरैको गलामा जन्तर ? जन्तर सबैलाई त पुगेन । जन्तर नपाउनेहरू प्रायः खिन्न र निराश रे ¤ बैठकलाई समय कम हुने जहिले पनि । तर, त्यो जन्तरले नेतृवृन्दको निकै समय लिएछ । यसरी नेकपा स्थायी समिति बैठकमा यो बुटीको चर्चा ‘शून्य समय’ मा भयो । अब दुईथरी सदस्य भए जन्तरवाला र विनाजन्तरका ¤ माधवजी नयाँ कुराको प्रयोगमा अगुवा, केही अघि दक्षिण कोरियाको एउटा चर्चले नाम बदलेर नेपालमा सरकारमार्फत नै एउटा गोष्ठी गरायो सिंहदरबारमै । माधव नेपाललगायत थुप्रै सहभागी थिए, प्रधानमन्त्री ओली पनि सहभागी थिए । संस्थाको गुरूआमाले त्यहाँ प्रायः सबैलाई होली वाइन खुवाइन्, माधवजीले पनि खाए रे !
कम्युनिस्ट जन्तरवादतर्फ ?
अब यो कोरोना भाइरसप्रतिरोधी कार्डको यति धेरै माग भयो । संसद्का व्यापारी छोराले कति थान ल्याएका थिए हारालुट भएर बिक्यो । उनले अर्को खेप मगाए मगाएनन् त्यो त थाहा भएन । तर, माग भने धेरै भयो । संसारभर नै कोरोना प्रतिरोधी औषधि नपाइएको गम्भीर अवस्थामा प्रतिरोधी जन्तर पाइयो भनेपछि व्यापक प्रचार हुने नै भयो । त्यसमाथि नेपालका वरिष्ठ नेताहरूले नै त्यो कार्ड लाएर हिँडेपछि यसले अरू व्यापकता लियो । सरकारलाई यसबारे कुनै जानकारी नै छैन । अब सरकार बोल्न बाध्य भयो र यस्तो वस्तु प्रयोग नगर्न अपिल नै ग¥यो । सर्वसाधारण जनतालाई यी कार्डउपर प्रतिबन्ध लगायो । प्रतिबन्ध नै लगाएपछि मान्छेहरूमा बढी कौतुहल हुन्छ, जिज्ञासा हुन्छ । तसर्थ, सरकारले सर्वसाधारण जनता यस्ता कुराबाट नठगियून् भनी सरकारको स्वास्थ्य र जनसङ्ख्या मन्त्रालयका प्रवक्तामार्फत ती जन्तर, बुटी, कार्ड प्रयोग नगर्न आग्रह भयो । त्यस्ता जन्तरबाट कोरोना भाइरस भागेको कतै छैन । तसर्थ, त्यसबाट टाढै रहन आग्रहसमेत ग¥यो सरकारले । कतिले किने, कतिले प्रयोग गरे थाहा छैन । तर यहाँ यो मुद्दालाई प्रस्तुत गर्नुको उद्देश्य के भने हामी कस्ता अन्धविश्वासी नेताहरूको नेतृत्वमा मुलुकको रूपान्तरण गर्न गएका रहेछौँ । आज संसारभर कम्युनिस्ट आन्दोलन आक्रामक स्थितिमा होइन रक्षात्मक अवस्थामा छ । यो हुनुको कारण मलाई लाग्छ, हाम्रा नेताहरू नै स्पष्ट दृष्टिकोणका छैनन् । केही समयको अन्तरालमै होली वाइन जन्तरवादले आच्छुआच्छु पा¥यो !
कहिले कुन खाल्डोमा खसाल्नु हुन्छ !
म छक्क पर्छु, मैले बुझेको माक्र्सवाद र जन्तर, बुटी लगाउने हाम्रो नेतृत्वले बुझेकै माक्र्सवादमा कत्रो अन्तर ¤ के साँच्चै कार्ड वा जन्तर–बुटीबाट कोरोना भाइरसको आक्रमणबाट मुक्त हुन सकिन्छ ? त्यो कार्ड प्रयोग गरेर समाजलाई सुरक्षित रहन अग्रसर हुनेहरूलाई के भन्ने ? तपार्इँको नेतृत्व मान्नुपर्ने, तपाईँको कदमको अनुसरण गर्नुपर्ने ¤ के यही हो प्रगतिशीलता, यही हो शोषणको अन्त्य गर्ने सैद्धान्तिक र व्यावहारिक पक्ष ? लौन यो कार्ड, जन्तर वा बुटीको पक्षमा कति समय उभिनुहुन्छ ? होली वाइनको आडमा कोरोना भाइरस मारक बुटीको वैचारिक पक्षमा छ केही आधारभूत अन्तर ? माधव कामरेड र अरू जन्तरवादी कामरेडहरू ? के हो यसको सार ? साँच्चै यहीँ बाटोबाट हामी हाम्रो गन्तव्य समाजवाद, साम्यवाद, शोषणरहित समाज, न्यायपूर्ण समाज, श्रमप्रधान समाज, समन्यायिक समाज खडा गर्नसक्छौँ ? मैले बुझेको समाजवाद त यस्ता होली वाइन, बुटीवाद थिएनन् त । तपार्इँले अध्ययन गरेको कुन समाजवाद हो ? यस्तो कार्डबाट जन्तरवाद र बुटीवादले समाजवाद, साम्यवाद ल्याउन मद्दत गर्छ साँच्चै ? तपार्इँ वरिष्ठ नेता र नेतृत्वको सैद्धान्तिक अध्ययन, विश्लेषण हेर्दा कुन्नि, कता गहिरो खाल्डोमा खसाल्नु हुन्छ भर भएन । नेताहरू गन्तव्यमा स्पष्ट हुनुहोस् !
वाह ! प्रधानमन्त्रीको स्टेमिना
प्रधानमन्त्री केपी शर्मा ओलीमा अरूको कुरा सुन्न नचाहने रोग लागेको हो ? एक थरीमा एउटा तहमा उचालिएपछि एउटा नदेख्ने र औषधि नै नहुने रोग लाग्दोरहेछ । त्यो रोग एक प्रकारको मनोरोग हो जसको ओखती अहिलेसम्म निष्पन्न भएको छैन । अस्ति आइतबार वामपन्थी आन्दोलनको एकजना सशक्त हस्ती जनताको बहुदलीय जनवाद–जबज विचारका प्रयोगकर्ता मदन भण्डारीको ६९ औँ जन्मदिनको सम्झनामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित समारोहमा १ घण्टा १४ मिनेट लामो भाषण गर्नुभयो । यद्यपि, बसेरै बोल्नुभएको थियो । तर, थाकेजस्तो लागेन । मदन भण्डारी र जीवराज आश्रित २०५० जेठ ३ गते त्रिशुली नदीमा भएको अस्वाभाविक जीप दुर्घटनामा मारिनुभयो । पछि सो जीप चालक पनि कीर्तिपुरमा दिउँसै गोली प्रहारबाट मारिएपछि यो दुर्घटना अत्यन्त षड्यन्त्रमूलक थियो भन्ने पुष्टि भयो । २७ वर्षसम्म पनि त्यो दुर्घटनाको रहस्य खुलेको छैन । जसरी राजा वीरेन्द्रसहित सम्पूर्ण परिवारको २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डको रहस्य पनि रहस्य नै रहेको छ । यी रहस्योद्घाटनतिर लागौँ । प्रसङ्ग प्रधानमन्त्री ओली अरूका कुरा सुन्नमात्र नसक्ने तर आफ्ना कुरा धेरै सुनाउँदा पनि क्लान्त नहुने दृश्य देखियो ¤ मदन भण्डारीको विलक्षण व्यक्तित्वका बारेमा नथाकिकन आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुभयो । राष्ट्रपति कार्यालयको गलैँचा फेर्ने कामदेखि राष्ट्रपतिलाई १६ करोड रूपैयाँको मोटर खरिदजस्ता प्रसङ्ग पनि उठाएर ती कामको प्रतिरक्षा गर्नुभयो । आफूलाई मन नपरेका विषयहरू सविस्तार उठाउन भुल्नु भएन । प्रधानमन्त्रीको कस्तो स्टेमिना ¤? पूरा बलियो छ भन्ने पुष्टि भयो ।
प्रधानमन्त्रीको समय ?
यता नेकपा स्थायी समितिको बुधबार १० गतेबाट सुरू भएको बैठकमा पार्टीका दुइटा अध्यक्ष ओली र प्रचण्डको छेडखानीपूर्ण वक्तव्य र ओलीको भाषणको बीच–बीचमा माधवकुमार नेपालको अवरोधपछि ओली यति रिसाएछन्, पर्सिपल्टको बैठकमा मुख देखाउनसम्म पनि आएनछन् । शनिबारको बैठकमा एकैछिन उपस्थित भएछन् । तर, अस्ति आइतबारको मदन भण्डारीको जयन्तीको दिन त्यत्रो समय भाषण दिन उत्साहित थिए । यो घटनाले विशिष्ट व्यक्तिहरूको जाँगर र आलस्य अनौठो हुँदोरहेछ भन्ने देखियो । मदन भण्डारी जयन्तीमा त्यत्रो समय भाषण दिनसक्ने प्रधानमन्त्री शनिबार र शुक्रबार किन स्थायी समिति बैठक उपेक्षित ? देश राजनीतिक सङ्कटमा छ । एमाले र माओवादी पार्टी एक भएको गएको जेठ २ गतेबाट तीन वर्ष लाग्यो । तैपनि एकता टुङ्गिएको छैन, पूर्ण भएको छैन । यसका लागि दुई अध्यक्ष ओली–प्रचण्ड जिम्मेवार छन् । यी दुई व्यक्तित्वको स्वार्थ वा महत्वाकाङ्क्षाले नेकपालाई गाँजेको छ । कुर्सी र कमिसनका चिन्ता बढी सुनिन्छन् । पार्टी बैठक पार्टी कार्यालयमा प्रायः गरिँदैन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने गरेको छ । ती बैठकका खर्च कसले व्यहोर्छ ? यस्तो पार्टी बैठकको खर्च सरकारले गर्न मिल्छ ? यस्ता बेथितिबाट भ्रष्टाचार, अनियमितता मौलाउँछन् । यति लेख्दा पनि पचाउन गा¥हो पर्छ प्रधानमन्त्री ओलीलाई । यो त भएन है प्रधानमन्त्रीज्यू ! यस्ता गुनासो सुन्ने गर्नोस् ।
परिस्थिति यस्तै हो त ?
प्रधानमन्त्री केपी शर्मा ओलीको मन्तव्य सुन्दा भन्दा पनि पढ्दा मुलुकको राजनीतिक ज्वरो कति डिग्रीमा चढेको रहेछ भन्ने बुझ्न सघाउँछ । के भारतले नेपालको लिम्पियाधुरा क्षेत्रको सन् १८१६ देखि भोग गर्दै आएको जमिन सन् १९६२ देखि भारत पसेर अतिक्रमित जमिन हाम्रो हो छोड, खाली गर भन्न पनि नपाइने ? भारतले आफ्ना तत्कालीन प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले नेपालका राजा महेन्द्रलाई हामी अहिले अप्ठेरोमा परेकोले नेपालको भूमिमा आश्रय लिएका हौँ, अनुकूल हुनासाथ स्वदेश फर्कछौँ भनी लेखेको पत्र त्यहाँ कतै होला । बरू यो पत्र खोजी प्रतिलिपि नेपाललाई पनि उपलब्ध गराए मित्रताको कति उत्तम दृष्टान्त हुन्थ्यो । तर, सन् १८१६ देखि १९६२ सम्म नेपालले उपयोग गरिरहेको नेपालको भूमिमा आश्रय लिएको आधारमा एकतर्फी कब्जा गर्नु मित्रताको कुन परिभाषाभित्र पर्छ ? आफ्नो मुलुकको छुटपुट जमिन गाभेर नक्सा अद्यावधिक गर्ने राष्ट्रिय दायित्व पूरा गरेकै आधारमा ओलीलाई सरकारबाटै हटाउन खोजेको भन्ने बुझ्नु भएछ प्रधानमन्त्री ओलीले । पर्दा पछाडि राजनीतिमा यति धेरै खिचडी पाकिसकेको छ । भारत सरकार तब पो नेपाल सरकारको शान्त कूटनीतिक कुराकानीद्वारा समस्याको समाधान खोजौँभन्दा तब यो उपेक्षाको बाँसुरी बजाउँदोरहेछ त ? के साँच्चै अमुक व्यक्तिलाई प्रधानमन्त्रीबाट हटाउने, अमुक व्यक्तिलाई प्रधानमन्त्रीमा ल्याउने भन्ने निर्णयको साँचो दिल्लीमा छ त ? मेरो मनमा उठेको प्रश्न ? यो त भएन है ?
परिस्थिति निकै गम्भीर
नभन्दै नेपालको पुरानो खाता पल्टाउने हो भने राजा त्रिभुवन २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा सपरिवार दिल्ली जानु महाभूल थियो । त्यो बेलादेखि नेपालको राजनीतिको मूल साँचो दिल्ली हुन्छ भन्ने भान प¥यो । व्यवहारमा के भो भने नेपाली मन्त्रिमण्डलमा झगडा भयो । त्यो झगडा मिलाउन मन्त्रीहरू दुवै पक्ष वा तीनै पक्षका दिल्ली जान थाल्यो । दिल्लीलाई एकप्रकारले बानी नै प¥यो । पञ्चायत शासन आएपछि पनि यो बेठीक बानी पूरै छुटेन । राजा र नेपाली राजनीतिक शक्तिहरूबीच दिल्ली गुहार्ने बानीजस्तै भयो । हुँदा–हुँदा नेपालमा सशस्त्र जनयुद्ध हुँदा पनि त्यस युद्धका शिखर नेतृत्वलाई दिल्लीको स्तरीय होटेलमा राखियो । राख्नेले राखे, बस्नेहरू बसे । वास्तवमा राख्न पनि नहुने, बस्नेले बस्न पनि नहुने । तर, राखे, बसे । यतिसम्म हुन नहुने काम र कुरा भयो, माओवादी पार्टी र सात दलबीचको १२ बुँदे सहमति पनि दिल्लीमै भयो । तयारी पनि उनीहरूले नै गरे रे ¤ अहिले भारत नेपालसँग त्यही उधारो उठाउँदै आएको छ । यो पृष्ठभूमिमा गएको आइतबार बालुवाटारमा मदन भण्डारीको जन्मदिनको उपलक्ष्यमा आयोजित सभामा प्रधानमन्त्री ओलीले रूञ्चेहाँसो जस्तै गर्दै धेरैलाई धेरै भन्नुभयो । परिस्थिति साँच्चै के हो स्वाभाविक छैन । लौन कम्युनिस्ट पार्टी भनेपछि कम्युनिस्ट पार्टी नै हुनुप¥यो । नत्र सच्याउनु प¥यो, कम्युनिस्ट पार्टी भन्नु भएन ।onlinemajdoor.com