उनी आफैंले यसबारे जानकारी दिएका हुन्। अन्य व्यक्तिभन्दा टाढै बसेर आफूले काम गरिरहेको र उपचार गराइरहेको उनले बताएका छन्।

टेगुसीगाल्पा। मध्यअमेरिकी मुलुक होन्डुरसका राष्‍ट्रपति हुवाँ ओल्र्यान्डो हर्नाडेजलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

अलजजिराका अनुसार उनी आफैंले यसबारे जानकारी दिएका हुन्। अन्य व्यक्तिभन्दा टाढै बसेर आफूले काम गरिरहेको र उपचार गराइरहेको उनले बताएका छन्।

“मुलुकको राष्‍ट्रपतिका रूपमा र नागरिकप्रतिको दायित्वका कारण मलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराउँछु,” टेलिभिजनमार्फत सन्देश दिँदै उनले भने, “केही सातादेखि स्वास्थ्य त्यति सहज थिएन। परीक्षण गराउँदा कोभिड-१९ पोजिटिभ देखियो।”

चिकित्सकले आफूलाई आराम गर्न सल्लाह दिएको तर आफ्ना सहायकहरूसँग दूरी बनाउँदै काम गरिरहेको उनले बताए।