भावना खनाल, पाल्पा,,
सिङ्गाे नेपाल खण्ड खण्ड गर्न दिनुहुन्न
सिमानका जङ्गे पिलर सर्न दिनुहुन्न !
कानुनकाे झुटतन्त्र, लुटतन्त्र सहेपनि
विनाकसूर सिमानामा मर्न दिनुहुन्न
! संरचना तहसनहस सगरमाथा ढलाएनि
राष्टियता मेची काली तर्न दिनुहुन्न !
स्वार्थभित्र कानुन बेची सत्ताधारी बाँचेपनि
साेझा साझा अख्तियारमा पर्न दिनुहुन्न !
अत्याचारी छिमेकीका इशारामा नाचेपनि
बुद्द अब भारततिर झर्न दिनुहुन्न !!!




