नयाँदिल्ली

भारतमा पछिल्लो २४ घण्टामा एक हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । भारतीय स्वास्थ्य मन्त्रालले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा एक हजार ३५ संक्रमित थपिए संगै संक्रमितहरुको संख्या ७ हजार ४४७ पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा ४० जनाको मृत्यु भएको छ भने आजसम्म कुल मृत्यु हुनेको संख्या २३९ पुगेको छ ।
भारतमा २१ दिन लामो लकडाउन घोषणा गरिएको छ । जुन अप्रिल १४ मा सकिने छ । भारतका ओडिसा र पञ्जाबमा भने अप्रिल ३० सम्मका लागि लकडाउन बढाइएको छ । एजेन्सीहरुको सहयोगमा




