शिक्षा सामाजिक गतिशीलताको महइभ्वपूर्ण पक्ष हो । यो समाज र समाजको भौतिक परिस्थितिसँग एकाकार हुनु पर्दछ । मानिस बहुआयामिक प्राणी भएकाले आफ्नो क्षमतालाई प्रष्फुटन बनाउन शिक्षाको ठुलो भूमिका रहेको हुन्छ । शिक्षाको चरित्र राष्ट्रिय भएन भने मान्छेको चेतना नै पराधीन बन्न सक्छ । आफ्नो समाज, आफ्नो संस्कृति र आफ्नो आवश्यकता अनुसारको शिक्षा पद्धति निर्माण गर्ने मुलुकहरु विश्वको शक्तिमान राष्ट्रको रूपमा पहिचान बनाएका छन् । तर शिक्षाको विभिन्न आयामहरुलाई बुझ्न नसक्ने मुलुकहरु पराधीन बन्ने स्थिति छ । हाम्रो देशको शिक्षा प्रणाली पनि वस्तुगत धरातलमा उभिन सकेको छैन । यसले परिवर्तनलाई आत्मसात गर्न सकेको छैन । यसले राष्ट्रिय विकासमा टेवा पु¥याउन सकेको छैन । सिप, उत्पादन र व्यवसायसँग जोडिन सकेको छैन । नेपालको गरिबीलाई सम्बोधन गर्न सकेको छैन । लाखौँ युवाहरु अहिले पनि कामको खोजीमा, अवसरको खोजीमा देश छोड्न बाध्य छन् । उनीहरुलाई स्वदेशमै व्यवस्थापन गर्नु आवश्यक छ । जुन देशले शिक्षालाई व्यावहारिक बनाएका छन्, युवाहरु उत्पादनमा लागेका छन्, उत्पादित सामान निर्यात गरेका छन्, ती समृद्ध बनेका छन् । जुन देशले मानव शक्ति निर्यात गरेको छ, ती देशहरु झन् गरिबीको सूचकाङ्कमा परेका छन् । जनताको सामाजिक, आर्थिक स्तरमा अर्थपूर्ण परिवर्तनका लागि राष्ट्रिय हित सहितको नीति निर्माण गर्ने र त्यसलाई कार्यान्वयनमा ध्यान दिनु पर्दछ । सिङ्गो राष्ट्रको विकासमा योगदान पु¥याउन सक्ने तथा श्रम बजारको आवश्यकता अनुरूप उत्पादन गर्ने विषयलाई प्राथमिकतामा राख्नु आजको आवश्यकता हो । हाम्रो देशको संविधानमै समाजवाद उन्मुख लेखिए पनि शिक्षाको क्षेत्रमा त्यो अनुसार योजना र कार्यक्रमहरु ल्याएको पाइएको छैन । राज्य पुनर्संरचनाको मोडालिटी अनुसार शिक्षाको मोडालिटी परिवर्तन गर्ने भनिएको छ । तर स्पष्ट खाका नै छैन । शिक्षाको सुधारका लागि सरकारपिच्छे शिक्षा आयोगहरु बन्ने तर आयोगले दिएका सुझावहरु कार्यान्वयन नगर्ने परिपाटी छ । यसले शिक्षाको परम्परागत चरित्र र यथास्थितिलाई परिवर्तन गर्न सकेको छैन । नेपालको प्राकृतिक श्रोत, साधन, पर्यटन, संस्कृति, उद्योग, जलश्रोत आदिको पर्याप्त सम्भावना भए पनि ती क्षेत्रसँग शिक्षालाई एकाकार गराउन सकिएको छैन । हामीले सरोकारवालालाई यो विषयमा ध्यानाकर्षक गराउनु जरुरी छ । हाम्रै मौलिकता, हाम्रो माटोलाई शिक्षाले छुनु पर्दछ । शिक्षाले चेतना, ज्ञान, विज्ञान, प्रविधिको क्षेत्रमा भइरहेका अभूतपूर्व प्रगतिले निम्त्याएका परिवर्तनलाई आत्मसात गर्नु पर्दछ ।
शिक्षा वारे
2288
यी हुन् समानुपातिकतर्फ निर्वाचित ११० सांसद, आयोगले बिहीबार प्रमाण पत्र दिने
समानुपातिकबाट निर्वाचित सांसदलाई निर्वाचन आयोगले चैत ५ गते प्रमाणपत्र वितरण गर्ने भएको छ। आयोगले निर्वाचित भएको प्रमाणपत्र लिनका लागि आवश्यक कागजात बुझाउन आग्रह गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी को अभिमुखीकरण कार्यक्रम ललितपुरमा जारी
विसं २०१५ सालपछिको यो ठूलो जनादेशलाई शिरोधार्य गर्दै विधायकको भूमिका निर्वाह गर्नुपर्ने भएकाले जनताका गुनासा र मुद्दालाई उठाउन, आफ्नै सरकारले गरेका पनि गलतकार्यको प्रतिरोध गर्न उपसभापति वाग्लेले आग्रह गर्नुभएको हो
शर्तसहितको वार्ताका पक्षमा इरानी राष्ट्रपति, बदला लिएरै छाड्ने सर्वोच्च नेताको घोषणा
अमेरिकाले चाडोंभन्दा चाडों पश्चिम एशियामा रहेका आफ्ना सैन्य अखडा बन्द गर्नुपर्ने पनि खामेनेइले बताएका छन्
चीनको जनकंग्रेसबाट सरकारको ५ वर्षे योजना पारित
देशको आर्थिक तथा सामाजिक विकास गर्ने लक्ष्यले सरकारले यस योजना अघि बढाइएको थियो ।
स्थापित दलका पकेट क्षेत्र भत्किए
आफ्नो निर्वाचन क्षेत्रलाई पकेट क्षेत्र मान्ने स्थापित दलका उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानसम्म पु¥याएको छ ।




