कहाँ सक्थेर पुग्न त्यो गन्तव्य समाउने हात बिना!
नसक्ने भए जीवन कटाउन क्रान्तिको साथ बिना!
म अाफु बिरुद्ध अाफै संघर्षमा थिए र पो मौका भो,
नत्र कहाँ सक्थ्यो हराउन मलाई तिमिले घात बिना!
जितेको हो मलाई म मान्छु तिमिले त्यो बलले फेरि,
युग पल्टाउछु नसोच विश्वदृष्टिकोणको अाट बिना!
ब्यहोस उस्लाई मान्नु पर्छ जो दिनरात निधायो सधै,
दिनले मात्र बन्दैन जिवत बन्दैन त्यो त रात बिना!
कबज छ पिन्जडाको अाकास राखे पनि के काम,
रमाउन सक्दैनन् चरि पिन्जडामै अाजात बिना!




